राप्तीसोनारीस्थित गौरी सामुदायिक बनमा बृक्षारोपण

सदरलाइन संवाददाता ६ आश्विन २०८०, शनिबार १३:३१
 

नेपालगञ्ज : राप्तीसोनारी ४ गौरी सामुदायिक बनमा बृक्षारोपण गरिएको छ । सिक्टा सब डिभिजन बन कार्यालय बैशाको आयोजनामा यस आर्थिक बर्षको पहिलो बृक्षारोपण गरिएको रेन्जर मान बहादुर थापाले बताए ।

आर्थिक बर्ष २०८०/८१ मा २८ हेक्टर जमिनमा बृक्षारोपण गर्ने लक्ष्य अनुरुप यस बर्षको पहिलो सुरुवातमा गौरी सामुदायिक बनमा ४ हेक्टर जमिनमा बृक्षारोपण गरिएको रेन्जर थापाले उल्लेख गरे । उनका अनुसार बाँकी वडा नं. ४ कै जलहन सामुदायिक बनमा बृक्षारोपण गरिने छ ।


कार्यक्रममा वडा अध्यक्ष मिनराज खड्का सन्तोष, सामुदायिक बन समिति अध्यक्ष कुल बहादुर पुन, इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज बरिष्ठ सई लक्ष्मी प्रसाद आचार्य लगायत आम उपभोक्ताले बृक्षारोपण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युवा उद्यमी मंचको नेपालगञ्ज अध्यक्षमा डा नितेश कनोडिया

६ आश्विन २०८०, शनिबार १३:३१
नेपालगञ्ज : डा. नितेश कनोडियाको अध्यक्षतामा नेपाल युवा उद्यमी मंचको १३ औ शाखा नेपालगञ्जमा स्थापना गरिएको छ । बिशेष कार्यक्रमको आयोजना गरी युवा उद्यमीहरु समेटिएको मंचको शाखा बिस्तार गरिएको हो । शाखाको प्रथम उपाध्यक्षमा तिर्थबहादुर थापा र द्धितीय उपाध्यक्षमा डा ओम मिश्र सहित २७ जना रहेका छन् । नवनिर्वाचित अध्यक्ष […]