नेपालगञ्जबाट रुकुम जाँदै गरेको गाडीको ठक्करबाट एक जनाको मृत्यु

सदरलाइन संवाददाता ३१ भाद्र २०८०, आईतवार १४:४५
 

नेपालगञ्ज : तुलसीपुरमा गाडीले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

आइतवार बिहान सवा ९ बजे नेपालगञ्जबाट रुकुम जाँदै गरेको लु २ ख ५९१८ नम्बरको फोर्स गाडीले तुलसीपुर – १६ डोक्रेनाबाट तुलसीपुर आउँदै गरेको रा १ ह ४४५९ नं. को अटोरिक्सालाई तुलसीपुर–६ स्थित स्टार चोकमा ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका तुलसीपुर–१६ डोक्रेनाकाका १३ वर्षीय दामोदर भण्डारीको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलका अनुसार दुर्घटनामा ६ जना घाइते छन् ।


अटो चालक तुलसीपुर – ६ गोलौराका ५७ बर्षीय तिलबहादुर कार्कीको अवस्था गम्भीर छ । उनको टाउँको र अनुहारमा गहिरो चोट पटक लागेको छ ।

उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको डिएसपी पोखरेलले बताए ।

अटोमा सवार तुलसीपुर – १६ डोक्रेनाका ११ बर्षीया बर्षा बस्नेत, उनकी ६ बर्षीया बहिनी श्रृष्टी बस्नेत, सोही ठाउँका १८ बर्षीया अन्जु डाँगी घाइते भएका छन् । अन्य दुइको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

अन्य घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार जारी छ । ठक्कर दिएर गाडीका चालक फरार भएका थिए । अहिले उनलाई नियन्त्रणमा लिइएको डिएसपी पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा तीनवर्ष दुई महिनामा २ सय ३० ले गुमाए सडक दुर्घटनामा ज्यान

३१ भाद्र २०८०, आईतवार १४:४५
  नेपालगञ्ज  :  बाँकेमा पछिल्लो ३ वर्ष र चालु आर्थिक वर्षको दुई महिनामा सडक दुर्घटनामा परेर २ सय ३० ले ज्यान गुमाएका छन । सडक दुर्घटनाको मुख्य कारण तीब्र गति नै रहेको पाईएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेले दिएको जानकारी अनुसार पछिल्लो ३ वर्ष २ महिनामा भएका ४ सय […]

सम्बन्धित