बाल दिवसमा नातिया मुकाबला र वक्तृत्वकला प्रतियोगिता

सदरलाइन संवाददाता ३१ भाद्र २०८०, आईतवार १४:११
 

नेपालगञ्ज : ५९औं राष्ट्रिय बाल दिवसको अवसरमा कतार च्यारेटी नेपाल र बाँके युनेस्को क्लबको समन्वयमा नेपालगञ्ज ५ स्थित साईनिंग फ्युचर एकेडेमीमा नातिया मुकाबिला र बाल अधिकार बारे वक्तृत्वकला प्रतियोगिताको सम्पन्न भएको छ ।

शाइनिंग बाल क्लबद्धारा आयोजना गरिएको नातिया मुकाबिलामा सो विद्यालयका विद्यार्थि शाहीन खान प्रथम, अब्दुल रज्जाक द्धितीय, शाहीन जोलाहा तृतीय र सैयद अलि बेहनाले सान्त्वना पुरस्कार प्राप्त गरेको बाल क्लबका अध्यक्ष अब्दुल सत्तार साइले बताए ।

उनका अनुसार सोही प्रकारले बाल अधिकार बारेको वक्तृत्वकला प्रतियोगितामा तमन्ना शेष प्रथम, सीमा खान द्धितीय, आसमा नुरी खान तृतीय र अरमान शेषले सान्त्वना पुरस्कार प्राप्त गरे ।

दुबै प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थिहरुलाई वडा नम्बर ५ का वडा अध्यक्ष सराफत खान, बाँके युनेस्को क्लबका संरक्षण अधिकृत गुलाम गौस, साईनिंग फ्युचर एकेडेमीका संस्थापक जैद खान र प्रधानाध्यापक अब्दुल गफ्फार खानले पुरस्कार र प्रमाणपत्र वितरण गरे ।


सो अवसरमा बोल्दै वडा नम्बर ५ का वडा अध्यक्ष खानले अनाथ बालबालिकाको शिक्षाका लागि विशेष पहल गर्ने र उनिहरुलाई शैक्षिक सामग्री लगायत अन्य सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बाँके युनेस्को क्लबका संरक्षण अधिकृत गुलाम गौस, साईनिंग फ्युचर एकेडेमीका संस्थापक जैद खान र साईनिंग बाल क्लबका अध्यक्ष अब्दुल सत्तार साइ लगायतले बालबालिकाका लागि तयार गरिएको बाल अधिकारलाई पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

उनीहरुले सरकारको सहयोग विना बालअधिकार लगायत जनताको कुनै पनि अधिकारकारलाई पुर्ण रुपमा व्यवहारमा लागु गर्न नसकिने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एक महिनामै डेढ करोडको प्लाइउड भारत निर्यात

३१ भाद्र २०८०, आईतवार १४:११
नेपालगञ्ज : नेपालगञ्ज नाकाबाट एक महिनामै डेढ करोड रुपैयाँको प्लाइउड भारत निर्यात गरिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनामै एक करोड ४६ लाख मूल्य बराबरको २५ हजार चार क्युबिक मिटर प्लाइउड भारत निर्यात गरिएको हो । सरकारले निर्यातलाई प्रोत्साहन गर्न अनुदानको कार्यक्रम राखेपछि नेपालगञ्ज नाका हुँदै प्लाइउडको […]