कोहलपुरमा खिलप्रसाद भुसालको घरदैलोमै जनलहर

सदरलाइन संवाददाता २४ बैशाख २०७९, शनिबार १५:१३
 


कोहलपुर (बाँके)  :  बाँकेको कोहलपुर नगरपालिकामा मेयरका उम्मेदवार खिलप्रसाद भुसाल र उपमेयर अस्मिता चौधरी लगायतका उम्मेदवारले शनिवार  वडा नंं. ९ मा घरदैलो गरेका छन् । घरदैलोमा उम्मेदवारहरुलाई स्थानीयले भब्य स्वागत गरे ।

घरदैलोमा समेत देखिएको लहरले जित पक्का जस्तै बनेको एमाले नेताहरुको दावी छ । जहाँ जहाँ खिलप्रसाद पुग्छन् त्यहाँ मतदाताको लहर लाग्ने गरेको छ । भसालले आफ्नो प्रति जनताको आर्कषण देखेर बिपक्षी हैरान भएको बताए ।


खिलप्रसाद मनको साफ भन्दै मतदाताहरुले स्वागत गरेका थिए । नेकपा एमालेले कोहलपुरमा घरदैलो अभियानलाई तिब्रता दिइरहेको छ । लामो समय पार्टीको संगठन निर्माणमा लागेका भुसालको सामाजिक कार्यमा समेत उत्तिकै सक्रियता रहेको छ ।

कोभिडको समयमा नागरिकलाई त्यसबाट बचाउन उनले खेलेको भूमिका प्रशंसा गर्न लागयक छ । जनताको भित्रि मनमा बस्न सफल भएका भसाललाई कोहलपुरको मेयर बनाउने पक्का जस्तै भएको एमालेका युवा नेता खेमराज शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घरदैलोसंगै मतदाता शिक्षामा केन्द्रित हुँदै बैजनाथ एमाले

२४ बैशाख २०७९, शनिबार १५:१३
बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिकामा नेकपा एमालेले टोल टोलमा घरदैलोसंगै मतदाता शिक्षालाई समेत तिब्रता दिएको छ । बैजनाथ गाउँपालिकामा अध्यक्षका उम्मेदवार घननाथ खनालले शनिबार बैजनाथ गाउँपालिका वडान २ का विभिन्न टोलहरुमा घरदैलोसंगै मतदाता शिक्षालाई प्रभावकारी रुपमा लैजान थलिएको बताए । उनले यसकार्यको लागि उम्मेदवार सहित वा स्थानीय टोलकमिटीले स्वस्फूर्त […]