सदरलाइनडटकम,
कपिलवस्तु : कपिलवस्तुको शुद्धोधन गाउँपालिकास्थित सन्तघाट नदीमा डुबेर तीनजना बेपत्ता भएका छन् । शुद्धोधन गाउँपालिका ६, बेलभरिया पूर्वको सन्तघाट नदीमा स्थानीय कमलेश कहाँरकी श्रीमती २५ वर्षीया तारामती कहाँर, बेचनप्रसाद कहाँरका १५ वर्षीया छोरी तारा कहाँर र घनश्याम रैदासका ८ वर्षीया छोरी खुस्बु रैदास बेपत्ता भएका हुन् ।
बाख्रा चराउन गएका तीनैजना नुहाउने क्रममा डुबेरे बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले बेपत्ताहरूको खोजीकार्य जारी राखिएको उनले बताए । बेपत्ता भएका तीन जनासहित ५ जना भएर नुहाउन गएको स्थानीयले बताएका छन् ।
