बढैयाताल (बर्दिया) : बर्दियाको बढैयातालमा लायन्स पार्क निर्माण गरिने भएको छ । बैढैयाताल गाउपालिकासंगको सहकार्यमा लायन्स क्लब अफ बर्दिया, लायन्स क्लब अफ बर्दिया बाँसगढी, लायन्स क्लब अफ बर्दिया मगरागढी, लायन्स क्लब अफ बर्दिया बढैयाताल लायन्स पार्क निर्माण गरिने भएको हो ।
शुक्रबार एक कार्यक्रमका बीचमा लायन्स क्लबका अन्तराष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी र बढैयाताल गाउपालिका अध्यक्ष हिमालय त्रिपाठी, लायन्स क्लव मल्टिपल काउन्सिल चियर पर्शन सिवि चन्द, डिष्टिक ३२५ एनका डिस्टिक गर्भनर मुकुट ढकाल लगायतको उपस्थितिमा पार्क निर्माणको शिलन्यास समेत गरिएको छ ।
सो अवसरमा बोल्दै अन्तराष्ट्रिय निर्देशक बुर्लाकोटीले लायन्सले समाजको विकासको लागि विभिन्न गतिविधि गर्ने परम्परालाई कायम राख्दै बढैयाताल र यहाँको सिमसार क्षेत्रलाई अन्तराष्ट्रिय स्तरसम्म प्रचार प्रसार गर्नको लागि लायन्स माध्याम भएको र यस क्षेत्रका लायन्स क्लवहरुको पार्क निर्माणका लागि ठूलो योगदान रहने आफुले विश्वास गरेको बताए ।
लायन्स क्लब अफ बर्दिया बढैयातालका अध्यक्ष पार्वती काफ्लेको अध्यक्षतामा सम्पन्न शिलन्यास कार्यक्रममा बोल्दै डिस्टिक गर्भनर मुकुट ढकालले लायन्स क्लवको ड्रिम प्रोजेक्टको रुपमा बढैयाल ताल लायन्स पार्कहुने गरी विकास र यसको निर्माण गरिने बताए ।
गाउपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले लयान्सले गाभरमा निर्माण गरेको पार्क तथा डुडुवामा सिद्धिविनायक पार्कको विकासको अवधारणा जस्तैगरी विकास गर्नेकुरामा पालिकाको तर्फबाट आफु ढुक्क रहेको बताए । उनले पालिकाले पनि सहकार्य गरेर अघि बढ्ने कुरामा जोड दिए ।
सो पार्कको निर्माणको लागि लायन्सले स्थानीय स्तरमा जनप्रतिनिधि सहतिको सहभागिता रहेको तेजनाथ पौडेलको संयोजकत्वमा पार्क निर्माण समिति समेत गठन गरेर अघि बढेको छ ।
सो अवसरमा लयान्सका मल्टिपाल कायउन्सील चियर पर्शन सिवि चन्द, पूर्व डिष्टिक गर्भनरद्वय सेमराज शाक्य, मधुसूदन शर्मा, प्रथम भाईस गर्भनर, बिनोद श्रेष्ठ, द्वितिय भाईस गर्भनर ज्ञानेन्द्र कुमार श्रेष्ठ फस्ट लेडी मिना ढकाल सुवेदी, लायन्स लिडरहरु चिन्तामणी धिताल, कृष्णप्रसाद श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।