बर्दियामा ब्राउनसुगर सहित २ जना पक्राउ

सदरलाइन संवाददाता २६ भाद्र २०८०, मंगलवार १३:३४
 

बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–२ बस्ने २४ वर्षीय पदम सुनार र बर्दिया बढैयाताल गाउँपालिका–८ बस्ने २७ वर्षीय राज कुमार नेपाली रहेका छन् ।


भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उक्त घटना सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भाडाकी आमा बनाउन महिला बेचिएको खुलासा

२६ भाद्र २०८०, मंगलवार १३:३४
नेपालगञ्ज : रोजगारीलगायत विभिन्न प्रलोभन देखाएर भारतको मुम्बईमा पुर्याइएका बाँकेका दुई जना महिलालाई बन्धक बनाई जबरजस्ती भाडाकी आमा बनाएको खुलासा भएको छ । ती महिलालाई अरूका लागि बच्चा जन्माउने काममा लगाइएको पाइएको छ । केही दिनअघि माइती नेपालको सम्पर्कमा आएका महिलाले उक्त घटनाको खुलासा गरेका हुन् । माइती नेपाल नेपालगञ्ज […]