जैशीको अध्यक्षतामा कर्णाली–बाँके विद्यार्थी मञ्च गठन

११ माघ २०७६, शनिबार १८:४०
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : कर्णाली क्षेत्रबाट बाँकेमा अध्ययन गर्न आएका विद्यार्थीहरुको एक भेलाले कर्णाली–बाँके विद्यार्थी सम्पर्क मञ्च गठन गरेको छ । कोहलपुरमा २ सय बढि विद्यार्थीहरुको उपस्थितीमा शनिवार मञ्चको तदर्थ समिति समेत चयन गरिएको छ ।
मञ्चको प्रथम भेलाले टोपराज जैशीको अध्यक्षतामा ३५ सदस्यीय तदर्थ समिति गठन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा राजेश वली, उपाध्यक्षहरुमा धर्म शाही, दिपेन्द्र शाही र चरित्र शाही चयन भएका छन् ।
त्यसैगरी सचिवमा लक्ष्मण मानव, कोषाध्यक्षमा कल्पना कार्की र सहसचिवमा क्रमशः मनोज बुढाथोकी, राजन न्यौपाने, कमल बुढाथोकी, संगीता रोकाय चयन भएका छन् । भेलाबाट डिल्ली शाही, चक्र बहादुर रावत, टापेन्द्र के।सी, काली बहादुर डाँगी, रविन्द्र दहाल, सन्तोष पुनमगर, प्रकाश मल्ल, प्रेम पुन, राजन बि।क, दिप जंग शाही, श्याम शाह, दिवस मगर, शुक्रराज शाही, धन बहादुर शाही, हेश रावल, खडक सिह ठकुरी, हरि विश्वकर्मा, सुमन विसी, चक्र अधिकारी, उत्तम महतरा, अन्जना शर्मा न्यौपाने, लक्ष्मण शाह, मोहन राना, करिश्मा केसी र सन्दिप शाह सदस्यमा चयन भएका छन् ।
कर्णाली प्रदेशबाट अध्ययनकालागि बाँके झरेका र यही बसोवास गर्दै आएका विद्यार्थीहरुलाई एकत्रित गर्ने उद्देश्यले मञ्च गठन गरिएको तदर्थ समितिका अध्यक्ष जैशीले जानकारी दिए । यसैबिच शनिबार नै कर्णाली बिद्यार्थी समाज गठन गरिएको थियो ।
असन्तुष्ट पक्षले समानान्तर कमिटिका रुपमा समाज गठन गरेपनि भेलाले गठन गरेको कर्णाली बाँके विद्यार्थी सम्पर्क मञ्च नै आधिकारिक रहेको तदर्थ समितिका अध्यक्ष जैशीले दावी गरे । उनले असन्तुष्ट पक्षलाई मञ्चमा आउन समेत आग्रह गरेका छन् ।
तत्कालकालागि गठन गरीएको तदर्थ समितिले केही समयभित्रै नयाँ कमिटि गठनको प्रक्रिया अगाडी बढाउने र कर्णालीका सम्पूर्ण विद्यार्थीहरुलाई एकतावद्ध गरी अगाडी बढ्ने जैशीले प्रष्ट पारे ।

Next Post

नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचन मतगणना जारी समावेशी प्यानलको अग्रता

११ माघ २०७६, शनिबार १८:४०
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी तीन वर्षे कार्यकालमा नेतृत्वको लागि शनिबार भएको निर्वाचनको मतगणना जारी हुँदा समावेशी प्यानलले अग्रता हासिल गरेको छ । यद्यपी घोषित चार परिणाम मध्ये दुई साझा प्रजातान्तिक र एक समावेशीका उम्मेदवार विजयी हुँदा एक मतपत्र नभेटिदा एक पदमा भने बराबर भएको छ । […]