नरैनापुर गाउँपालिकाका महिलाहरु साक्षरोन्मुख हुँदै

सदरलाइन संवाददाता ४ असार २०७९, शनिबार १४:०२
 

नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका महिलाहरु साक्षरोन्मुख हुन थालेका छन् । नरैनापुर–५ का रुन्ची मगर हिजोआज थोरै समय भएपनि पढ्न र लेख्नका लागि छुट्याउँछिन् ।

५० वर्ष पुग्न आटेकी उहाँलाई यसअघि कहिल्यै पढ्ने र लेख्ने कुरामा चासो थिएन । अव भने लेख्न सिकेपछि औंठाको छापबाट मुक्त हुन्छु भन्ने लागेको छ । रुन्चि मात्रै नभएर नरैनापुरका सबै स्थानीय अहिले नाममात्रै भएपनि लेख्न सिकिरहेका छन् ।


अहिलेसम्म पढाईलेखाईमा चासो नदिएको यहाँका स्थानियहरु विस्तारै साक्षरता तर्फ आकर्षित हुन थालेका हुन् । गाँउपालिकाले पनि उनिहरुलाई साक्षर बनाउन विभिन्न क्रियाकलापहरु गरिरहेको पालिकाका शिक्षा शाखा प्रमुख कृष्ण कुमार थारुको भनाइ छ ।

नरैनापुर गाउँपालिकाका ३४ हजार व्यक्तिमा गरिएको अनुसन्धानमा अझैपनि १५ देखि ६० वर्षका ९ हजार ५ सय जना निरक्षर रहेको गाउँपालिकाको तथ्याङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार

४ असार २०७९, शनिबार १४:०२
दाङ : दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । तुलसीपुर उपमहानगरपालिका–५ बस्ने युवतीमाथि चार जना युवाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरमा युवतीमाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले […]