कर्णाली करिडोरअन्तर्गत नौ वटा पुल बन्दै

सदरलाइन संवाददाता २६ चैत्र २०७८, शनिबार १३:१९
 

नेपालगञ्ज : कर्णाली करिडोरमा नौवटा पक्की पुल निर्माण हुने भएका छन् । कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म ती पुल निर्माण हुने भएका हुन् ।

कर्णाली करिडोरअन्तर्गत पर्ने कालीकोट सडकखण्डको खुलालु, सान्नीघाट र फुगाड खोलामा तथा बाजुराको जुड्डी, बूढीगाड, गल्फगाड र कवाडी खोलामा पक्की पुल निर्माण हुने भएको हो ।


त्यस्तै हुम्लाको सलीसल्लाको कर्णाली नदी र सर्केगाड खोलामा पुल निर्माण हुने हुम्ला सडक डिभिजन कार्यालयले जनाएको छ । पक्की पुल निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढेको उक्त कार्यालयका इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिए । ‘ठेक्का प्रक्रिया अगाडि बढेको छ,’ उनले भने, ‘यी खोलामा चाँडै पक्की पुल निर्माणको काम अगाडि बढ्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको मेयरका लागि दर्जन बढी आकाँक्षी

२६ चैत्र २०७८, शनिबार १३:१९
नेपालगञ्ज : पश्चिम नेपालको व्यापारिक शहर नेपालगञ्ज उपमहानगरको आगामी ५ वर्षको नेतृत्वको लागि विभिन्न राजनीतिक दल तथा उम्मेदवारको चर्चा परिचर्चाले निर्वाचनमय बताबरण बन्दै गएको छ । नेपालगञ्जको नेतृत्वको लागि विभिन्न राजनीतिक दलका तर्फबाट विभिन्न व्यक्तिहरुले आ–आफ्नो उम्मेदवारी दाबी रहेको चर्चामा ल्याएका छन् । एमालेले यसपटक पार्टी केन्द्रीय सदस्य तथा पुराना […]