पाटे बाघको आक्रमणमा बर्दियामा एकको मृत्यु

सदरलाइन संवाददाता ३ श्रावण २०७८, आईतवार १५:४२
 

बर्दिया : पाटे बाघको आक्रमणबाट बर्दियामा फेरि एकजनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–६ मोतिपुरका ७० वर्षीय गोरे थापाको मृत्यु भएको बर्दिया निकुञ्जले जनाएको छ ।

शनिबार भैंसी चराउन सामुदायिक वन गएका उनी घर नफर्किएपछि निकुञ्जको टोलीले खोजी गरेको थियो । हात्तीको सहायताबाट खोजी गर्ने क्रममा कालीगोडी बफरजोन सामुदायिक वनमा गोरे आइतवार बिहान मृत भेटिएको बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशिमकुमार थापाले जानकारी दिए ।

योसहित बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक वर्षभित्र १३ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुराको पहिलो प्राथामिकतामा गुणस्तरिय शिक्षा : अध्यक्ष कक्षपति

३ श्रावण २०७८, आईतवार १५:४२
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले शिक्षामा बैकल्पिक प्रणालीबाट सिकाई सहजिकरणको लागि आवश्यक तयारी पुरा गरेको जनाएको छ । खजुरा गाउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले खजुरा गापालिकाले शिक्षालाई पहिलो प्राथामिकतामा राखेको बताउदै गुणस्तरिय शिक्षाको लागि पालिकाले प्रविधिसंग जोड्न आफुहरु निर्वाचित भए लगत्तै सुरुवात गरेको बताए । आईतबार खजुराको ज्ञानोदय नमुना […]