गृहणी महिलाको लागि निर्धनको व्यावसायिक कुखुरापालन तालिम

२८ माघ २०७६, मंगलवार १७:०८
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : बाँकेका गृहणी महिलाका लागि लक्षित गर्दै निर्धन उत्थान लघुबित्त वित्तिय संस्था लिमिटेड राँझा शाखाले नेपालगञ्जमा तीनदिने व्यावसायिक कुखुरा पालन तालिम सुरु गरेको छ ।
निर्धन लघुवित्तले विभिन्न टोलमा निर्माण गरेका टोल समुहबाट प्रतिनिधित्व हुने गरी विभिन्न ३० समुहबाट एक–एक जना गरी ३० जना गृहणी महिला तथा उनका अभिभावक सहभागि रहेका छन् ।
तालिमको उद्घाटन सत्रमा बोल्दै निर्धन लघुवित्त क्षेत्रीय कार्यालय कोहलपुर प्रबन्धक जितराम गौतमले निर्धनले देशभरका १८१ शाखा कार्यालय मार्फत १९ हजार ७ सय ३० समुहका ३ लाख ७२ हजार ७ सय १३ सदस्यमा २० अर्व ५१ करोड लगानी गर्नुको साथै १२ अव ३२ करोड बचत गर्न सफल रहेको जानकारी दिए ।
उनले भने–‘ हामी गृहणी महिलालाई बचत गर्न सिकाउनुको साथै उनीहरुलाई उद्यमशिल बनाउन समयको माग अनुसारको तालिम समेत दिने गरेका छौ । यस्तो तालिमको सहयोगले उनीहरुलाई आफ्नो व्यावसाय सञ्चालन गर्न सहज हुने छ ।’
निर्धन परस्पुर शाखाका प्रबन्धक टोपबहादुर रास्कोटीले ७७ वटै जिल्लाका ५२८ वटा स्थानीय तहमा पहुँच विस्तार गरेको निर्धनको मुख्य उदेश्य गरिबी घटाउन, रोजगारी सृजना गर्दै गृहणी महिलामा वित्तिय पहुँच पुराउने लक्ष रहेको बताए ।
उनले भने–‘ हामी गृहणी महिलालाई लक्षित गरी उनीहरुलाई स्वरोजगार बानउनको लागि ऋणप्रवाह गरि व्यवसाय सञ्चालनको लागि सहयोग गर्छौ ।’ उनले महिला सशक्तिकरणमा आफुहरुको सहयोग रहदै आएको दाबी समेत गरे ।
उद्घाटन सत्रमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा सदस्य आशा शाहीले गृहणीलाई आयआर्जनको साथै उद्यमशिल बन्नको लागि तालिमले सहयोग पुराउने विश्वास व्यक्त गर्दै उनले तालिममा सिकेको कुरालाई व्यवहारमा उर्तानको लागि आग्रह समेत गरिन ।
निर्धन राँझा शाखाका प्रबन्धक खेमकुमारी भण्डारीले निर्धन लघुवित्तले आफ्ना समुह सदस्यमा उद्यमशिलता बन्नको लागि ऋणमात्र लगानी नगरी उनीहरुलाई व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने तालिमको समेत व्यवस्था गर्ने गरेको बताईन ।
उनले समुह सदस्यले आफुले रोजेको व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने व्यवहारिक तालिम दिदा लगानीको सदुपयोग हुने भन्ने विश्वासका साथ समुहका सदस्यको माग अनुसारका विभिन्न खालका तालिम सञ्चालन गर्दै आएको दाबी गर्दै तालिममा सिकेका कुरा व्यवहारमा उर्तान आग्रह गरिन ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका पशुचिकित्सक डा. गणेशबहादुर पुनले प्रशिक्षण दिने कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का वडा सदस्य चक्रबहादुर बुढाले गृहणि महिलालाई उद्यमसंग जोड्नको लागि वडा कार्यालयले पनि सहकार्य गर्न तयार रहेको बताए ।
निर्धनले चालु आर्थिक वर्षको साउन यता आफ्नो समुहमा आवद्ध रहेका विभिन्न समुहलाई लक्षित गरी ५० वटा तालिम सञ्चालन गरि सकेको जनाएको छ ।

Next Post

काबुलमा बम बिस्फोट हुँदा पाँच जनाको मृत्यु

२८ माघ २०७६, मंगलवार १७:०८
सदरलाइनडटकम, काठमाण्डौ : अफगानिस्तानको राजधानी काबुलमा मंगलवार बिहान आत्मघाती आक्रमणमा हुँदा पाँच जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् । स्थानीय समयानुसार बिहान ८ बजेतिर विस्फोट भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटमा दुई सर्वसाधारण नागरिक र तीन सैनिकसहित पाँच जनाको ज्यान गएको र अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मा नलिएको अन्तर्रा्ष्ट्रिय […]