सूचना संकलनको सहज बाताबरण निर्माणका लागि संबद्ध पक्षसंग छलफल

सदरलाइन संवाददाता १६ बैशाख २०७९, शुक्रबार ११:२२
 

नेपालगञ्ज : आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा सञ्चारकर्मीलाई सूचना संकलनको सहज बाताबरण निर्माणका लागि नेपालगञ्जमा संबद्ध पक्षसंग छलफल गरिएको छ । संवाद समूह बाँकेको आयोजनामा सम्पन्न भएको कार्यक्रममा बाँकेका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले निर्वाचनका सूचना सहज ढंगले प्रवाहको लागि व्यवस्था मिलाईने बताउदै निर्वाचनको बारेमा सूचना तथा समाचार सम्प्रेषण गर्दा निर्वाचन आचार संहितालाई मनन गर्दै पालना गर्नको लागि आग्रह गरे ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले निर्वाचनको बेलामा सुरक्षा सर्तकता तथा सञ्चारकर्मीलाई आचार संहिता भित्र रहेर निर्वाध सूचना संप्रेषणको व्यवस्था मिलाईने प्रतिबद्धता जनाए ।


सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिब रोशन पुरीले पत्रकारले पूर्णरुपमा आचार संहितमा रहेर आफ्नो सञ्चार कर्मगर्नको लागि आग्रह गरे ।

उनले निर्वाचनमा भाग लिएका २ जना केन्द्रीय सदस्यसहित २ सय जनाको सदस्यता निलम्बन गरेको बताए ।

संवाद समुहका सहजकर्ता शुक्रऋषी चौलागाईको सहजिकरणमा सम्पन्न कार्यक्रममा प्रहरी नायव उपरिक्षक मधुसूदन न्यौपाने, नेपाल पत्रकार महासंघका सचिव हेमकर्ण विकल, केन्द्रीय सदस्य भरत शाह र शुशील पोख्रेलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा वडा अध्यक्षसहित तीनको मनोनयन रद्द

१६ बैशाख २०७९, शुक्रबार ११:२२
नेपालगञ्ज : नेपालगञ्ज उप महानगरपालिकामा उम्मेदवारी दिएका एक वडा अध्यक्ष र दुई वडा सदस्य सहित ३ जनाको विभिन्न कारणले उम्मेदवारी रद्द भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चैलागाईले दिएको जानकारी अनुसार नेपालगञ्ज उपमहानगरको वडा नं १७ मा वडाध्यक्ष पदका उम्मेदवार अजय कुमार पाठक, उपमहानगरपालिका […]