खैरो हेरोइनसहित बर्दियामा ३ जना पक्राउ

सदरलाइन संवाददाता १५ भाद्र २०८०, शुक्रबार १३:३९
 

बर्दिया : बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ३० मिलिग्रामसहित ३ जना पक्राउ परेका छन् ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० बस्ने १८ वर्षीय किशोरसमेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।


प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आइरहेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

उक्त सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्यालयको आर्थिक अनियमिता छानविन गर्न समिति गठन

१५ भाद्र २०८०, शुक्रबार १३:३९
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रहेको जनता मावि मैटहवाका प्रधानाध्यापक चन्द्र बहादुर खत्रिले विद्यालयमा मनोमानि गरि आर्थिक अनियमितता गरेको भन्दै बिद्यालयमा उपस्थित सर्वदलिय भेलाले छानविन समिति गठन गरेको छ । भेलाले विरेन्द्र बहादुर शाहिको संयोजकत्वमा ५ सदस्य रहेको छानविन समिति गठन गरेको छ । अन्य सदस्यहरुमा गुणनिधि आचार्य, तारा केशर […]