मोटरसाइकल दुर्घटनामा परी बाँकेमा एकको मृत्यु, प्रहरी जवान घाइते

सदरलाइन संवाददाता २१ माघ २०७८, शुक्रबार १३:०८
 

नेपालगञ्ज : मोटरसाइकल दुर्घटनामा परी बाँकेमा एकजनाको मृत्यु भएको छ । लु ७६ प ९०९१ नम्बरको मोटरसाइकलमा बिहीवार राती पौने १० बैजापुरबाट नेपालगञ्ज आइरहेका प्रशान्त थारुको दुर्घटनामा परेर मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत परुवा खोला नजिकै मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका थारुको नेपालगञ्ज नर्सिङहोममा उपचारका क्रममा शुक्रवार बिहान करिब ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।


यस्तै दुध बोक्ने गाडीको ठक्करबाट बाँकेमा एक जना प्रहरी जवान घाइते भएका छन् । नेपालगञ्जको प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी जवान सुरेन्द्र बुढालाई नेपालगञ्जदेखि कोहलपुर गइरहेको भे १ प ३६२७ नम्बरको गाडीले ठक्कर दिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्योपानेले जानकारी दिए ।

तालिमे प्रहरीसँगै दौडिरहका बेलामा प्रहरी जवान बुढालाई गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । उनको नर्सिङहोम नेपालगञ्जमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ४८ संक्रमित थपिए, ८९ डिस्चार्ज

२१ माघ २०७८, शुक्रबार १३:०८
नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ४३ र एन्टिजेन परीक्षणमा ५ जनागरी ४८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । जिल्लाका तीनवटा पीसीआर ल्यावमा ९६ जनाको नमुना जाँच्दा ४३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । भेरीमा ३०, कोहलपुर मेडिकल […]