निर्वाचन आयुक्तको बिरोधमा उत्रिए नेपालगञ्जका व्यवसायी

सदरलाइन संवाददाता १० भाद्र २०८०, आईतवार १३:४२
 

नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघका निर्वाचन आयुक्त टिकाजंग सिंहको गैरजिम्मेवारीपनको बिरोध गरिएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघको मुलगेटमा कालो ब्यानर टाँगेर साझा प्रजातान्त्रिक उद्योगी, व्यवसायी समुहका तर्फबाट आइतबार बिहान बिरोध गरिएको हो ।

बिरोधका क्रममा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका उपाध्यक्ष धु्रब दाहाल, नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित उपमहासचिव टेकबहादुर खड्का, कोषाध्यक्ष मख्खनबहादुर धामी, सदस्य शिव दाहाल लगायत उद्योगी, व्यवसायीको सहभागिता रहेको थियो ।


साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले शनिबार मात्र नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर चरणबद्ध आन्दोलन घोषणा गरेको थियो । संघको महासचिव पदको मतगणना पुनः हुनुपर्ने माग राख्दै आएको उक्त समुहले माग पुरा नहुँदा सम्म बिरोध जारी राख्ने जनाएको छ ।

बिरोध स्वरुप समुहले शुक्रबार साँझ संघको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको थियो । यही भदौं २ गते सम्पन्न नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनको मतगणनाका क्रममा गणनामा खटिएका कर्मचारीले बद्मासी गरेको आरोप छ । गणनामा संलग्न कर्मचारीले महासचिव पदमा टंकप्रसाद शर्मालाई पराजित गर्न सुनियोजित रुपले षडयन्त्र गरेको उक्त समुहको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘ट्यालेन्ट हन्ट अफ बाँके २०२३’ को तयारी अन्तिम चरणमा

१० भाद्र २०८०, आईतवार १३:४२
नेपालगञ्ज : बाँकेको नेपालगञ्जमा प्रतिभाको खोजी गर्न ‘ट्यालेन्ट हन्ट अफ बाँके २०२३’ को तयारी भएको छ । केबी डान्स स्टुडियो रुपन्देहीको आयोजनामा नेपालगञ्जमा शनिबार प्रतिभा खोजीको अन्तिम प्रतियोगिता हुन लागेको हो । कार्यक्रमकी संयोजक अन्जु रसाइलीले यस प्रतियोगितामा नृत्य, गायन र मोडलिङ गरेर तीन वटा विधा सामेल गरिएको जानकारी दिए […]

सम्बन्धित