हिन्दु नारीहरुले शुक्रवार तीज मनाउँदै

५ भाद्र २०७७, शुक्रबार १३:३६
 

नेपालगञ्ज : हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज शुक्रवार नाचगान र पूजा उपासना गरेर मनाईँदैछ । शुक्रवार व्रत बसेर शिव पार्वतीको पूजा आराधना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।

बिहीवार राति मिठा एवं पोषिला परिकार दरका रुपमा खाएर व्रतको पूर्व तयारी गरेका व्रतालु शुक्रवार बिहानै व्रत बसेर शिवालयमा गएर पूजाआजा गर्दछन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता पीर मर्कालाई महिलाले सार्वजनिक गर्ने चलन छ ।


तर, यो वर्ष कोरोना भाइरसको महामारीका कारण देशभरका मठमन्दिर र शिवालय बन्द भएपछि महिलाहरुले घरमै बसेर पूजाआजा गरिरहेका छन् ।

Next Post

बाँकेका थप सोह्र जनामा कोरोना पुष्टि

५ भाद्र २०७७, शुक्रबार १३:३६
नेपालगञ्ज : बाँकेमा शुक्रवार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडाका १४ जना, राप्तीसोनारी गाउँपालिकाका २ र बर्दियाका ६ गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकेमा थपिएका संक्रमितमध्ये एक जना नेपाल बैंक लिमिटेड […]

सम्बन्धित