सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले हावाहुरी प्रभावितलाई नगद राहत वितरण गरेको
छ । गाउँ कार्यपालिका सदस्य भागीरत सुनारको संयोजकत्वमा हावाहुरी प्रभावितहरुका लागि क्षति हेरेर ३ हजारदेखि १० हजारसम्म वितरण गरेको छ ।
खजुरा गाउँपालिका क्षेत्रभित्र गत वैशाख १९ गते आएको हावाहुरीले क्षति पुर्याएको ५८ घरपरिवारलाई नगद राहत सहयोग गरिएको छ । गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले पीडितहरुलाई राहत रकम वितरण गरेका हुन् ।
प्रहरी, रेडक्रम र वडाको रिफारिसमा हावा हुरी प्रधावितको तथ्यांक संकलन गरिएको हो । कार्यक्रममा नेकपा खजुराका अध्यक्ष राजकुमार विक, वडा सदस्य भागीरत सुनारल, वडा नं. ७ का अध्यक्ष अतिउल्ला खाँलगायतको सहभागिता रहेको थियो ।
