खेलकुदका जिसिको बिदाई श्रेष्ठलाई स्वागत

१४ मंसिर २०७५, शुक्रबार २०:०६
 

सदरलाइनडटकम
नेपालगञ्ज : जिल्ला खेलकुद विकास समिति बाँकेले शुक्रबार बिदाई तथा स्वागत कार्यक्रमको आयोजना गरेको छ ।
जिल्ला खेलकुद बिकास समिति बाँकेबाट कर्णाली प्रदेश खेलकुद बिकास समितिको कार्यालय प्रमुखमा काज सरुवा भएका बिरोध बिक्रम जिसीलाई बिदाई तथा मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समिति नेपालगन्जबाट जिल्ला खेलकुद बिकास समिति बाँकेको कार्यालय प्रमुखमा काज सरुवा भई आएका सन्तोष कुमार श्रेष्ठलाई स्वागत गरिएको थियो ।
दुबै जनालाई जिल्ला खेलकुद बिकास समिति बाँकेका अध्यक्ष आतंक बस्नेत, प्रमुख अतिथि एवँ क्षेत्रीय अध्यक्ष भीम ओली लगायतले खादा र अबीर लगाएर स्वागत तथा बिदाई गरेका थिए ।
जिसी १८ बर्षदेखि जिल्ला खेलकुद बिकास समिति बाँकेको कार्यालय प्रमुखमा कार्यरत थिए भने श्रेष्ठ हाल क्षेत्रीय बिकास समिति नेपालगन्जमा कार्यरत थिए । यसअघि श्रेष्ठले जिल्ला खेलकुद बिकास समिति दैलेखको कार्यालय प्रमुख भएर पनि काम गरि सकेका छन ।
कार्यक्रममा क्षेत्रीय अध्यक्ष ओली, उपाध्यक्ष नरेन्द्र थापा, प्रशिक्षण प्रशिक्षक प्रमुख जयन्त कुमार शर्मालगायतले धारणा राखेका थिए । कार्यक्रममा राखेप सदस्य बिनोद मैनाली, एथ्लेटिक्सका मुख्य प्रशिक्षक बिक्रमजंग थापा, क्षेत्रीय खेलकुदका उपनिर्देशक चन्द्र गुरुंग, क्षेत्रीय प्रमुख बिष्णु शर्मा, ओलम्पियन पार्वती थापा लगायत बिभिन्न खेलका प्रशिक्षक, कर्मचारी र खेलकर्मीहरुको उपस्थिति रहेको थियो ।

Next Post

हडियाबाबा आश्रममा आँखा तथा कानको निशुल्क शिविर

१४ मंसिर २०७५, शुक्रबार २०:०६
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगन्जको हडिया बाबा आश्रममा प्रत्येक वर्ष मंसिर द्वितीयामा सञ्चालन हुने मेलामा आएका देशविदेशबाट आएका सन्तमहन्तहरूका लागि आँखा शिविर सञ्चालन गरिएको छ । नेपाली कांँग्रेस बाँके क्षेत्रीय कार्यसमिति–३ (साविक) को आयोजनामा सञ्चालन भएको शिविरलाई फत्तेबाल आँखा अस्पताल नेत्र ज्योति संघ, बाँके र ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र, बाँकेले […]

सम्बन्धित