छाडा पशुबारे भारतीय पक्षसँग छलफल गरिने

२ भाद्र २०७६, सोमबार १९:०३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : जिल्ला समन्वय समिति बाँकेको चौथो जिल्लासभा छाडा पशु चौपायको नियन्त्रण र ब्यवस्थापनका विषयमा केन्द्रित भएको छ । समितिका संयोजक अजय श्रीवास्तवको अध्यक्षतामा जिल्लासभा भएको हो । जिल्ला सभाले जिल्ला प्रशासन कार्यालय बाँकेसँग समन्वय गरि भारतबाट आउने पशु ब्यवस्थापनका लागि भारतीय पक्षसँग छलफल गर्ने निर्णय गरेको समितिका सदस्य चेतबहादुर घर्तीले जानकारी दिए ।
यसैगरी बैठकले जिल्ला समन्वय समितिको कोषबाट छाडा पशु चौपाय ब्यवस्थापनका लागि डिपिआर तयार गर्ने निर्णय गरेको छ । छाडा पशु चौपाय नियन्त्रणका लागि चुनौती भएपछि स्थानीय तहको अनुरोधका आधारमा जिल्लासभा भएको हो । जिल्लासभामा नरैनापुर र राप्ती सोनारीमा वृहद गौशाला निर्माण गर्न सकिने विषयमा प्रस्ताव आएको नेपालगञ्ज उप–महानगरपालिकाका उपमेयर उमा थापा मगरले बताइन् ।
बाँके जिल्लालाई ६ महिनाभित्र साक्षरता जिल्ला घोषणा गर्ने, बालविवाह विरुद्ध र कुपोषण नियन्त्रणका लागि जिल्लाभर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरि जिल्लासभाले जिल्ला समन्वय समितिको कोषमा जम्मा रहेको आकस्मिक कोषको ४८ करोड रुपैयाँमध्ये बाँकेका ६ वटा गाउँपालिकालाई चारचार करोड र उपमहानगरपालिका र नगरपालिकालाई ४ करोड ५० लाख रुपैयाँका दरले योजनाको सम्पूरक प्रस्तावना माग गर्ने निर्णय गरेको छ ।

Next Post

बागेश्वरी मन्दिरको लागि बृहद गुरु योजना बनाउ

२ भाद्र २०७६, सोमबार १९:०३
सदरलाइनडटकम, नेपालगञ्ज  : पछिल्लो दिन सामाजिक सञ्जालदेखि सञ्चार माध्याममा चर्चाको विषय बनेको बागेश्वरी मन्दिर परिषरमा निर्माण गरिन लागेको १७ सटरसहितको संरचनाको विषयमा नेपालगञ्जका नागरिक समाजका अगुवाल बृहद गुरुयोजना बनाउन सुझाव दिएका छन् । विकासका लागि नागरिक सरोकार समिति बाँकेले आयोजना गरेको छलफल कार्याक्रममा सहभागिले सो सुझाव दिएका हुन । छलफलका […]