एमाले उम्मेदवार विजय गुप्ता भन्छन : समग्र बाँकेको विकास पहिलो प्राथामिकता

२५ कार्तिक २०७४, शनिबार १६:१५
 

सदरलाइनडटकम
२५ कात्तिक, नेपालगन्ज : बिजय कुमार गुप्ता बाँके निर्वाचन क्षेत्रनं. २ (ख) बाट प्रदेश सभाका लागि एमालेका तर्फबाट उम्मेदवार हुन । नेपालगन्जको धम्बोझी निवासी विजयकुमार गुप्ता माडवाडी समुदायबाट एमालेमा क्रियाशिल रहदै आएका छन् ।
२०५१ सालदेखि नेकपा एमालेमा आवद्ध गुप्ता मारवाडी समुदायबाट निरन्तर पार्टीको झण्डा बोकेर हिड्ने व्यक्ति हुन । बाम गठबन्धनको तर्फबाट नेपालगन्ज बजार समेटिएको क्षेत्र नं.२ को ख बाट प्रदेश सभामा प्रत्यक्ष उम्मेदवार बनेका गुप्ता चर्चित समाजसेवी समेत हुन् ।
२०५१ सालमा नेकपा एमालेको आर्थिक विभागको सदस्यदेखि छैठौ महाधिवेसनमा सचिवालय सदस्य, क्षेत्र नं.३ को उपसचिव हुँदै उद्योग व्यवसायी विभागका केन्द्रीय सदस्य एवं प्रदेश नम्बर ६ का इन्चार्ज रहेका गुप्ता मारवाडी युवा मञ्चको संस्थापक अध्यक्ष, लियो क्लव, जेसीस, लायन्स क्लवहरुमा बसेर विभिन्न सामाजिक काम गरेको अनुभव छ ।
सामाजिक सद्भावको शहरको रुपमा चिनिएको नेपालगन्ज शहरमा हिन्दु–मुस्लिम तथा विभिन्न धर्मका अनुयायीका बीचमा सामाजिक सद्भाव कायम गर्नमा निर्माण गरिएको सामाजिक सद्भाव समिति सदस्य र बागेश्वरी मन्दिर गुठीको उपाध्यक्ष भएर गुप्ताले सामाजिक, धार्मिक सद्भाव कायम गर्न ठूलो भूमि खेलेका छन् ।
बाम गठबन्धनको नेपालगन्जबाट उम्मेदवार बनेपछि घरदैलोको   कार्यतालिका    बनाएर   विभिन्न समिति,  उपसमितिहरु बनाउन व्यस्त रहेका   गुप्ताले आफूले चुनाव जितेमा बाँके जिल्ला खास  गरी नेपालगन्जवासीको शीर उच्च हुने गरी आफुले विकासको  लागि अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गरे ।
निर्वाचनमा मतदातासामु आफ्नो अपिल लिएर  मत माग्दै हिडेका  उम्मेदवार गुप्तालाई  नेपालगन्जवासीले भोट किन दिने ? भन्ने प्रश्नमा उनी भन्छन् व्यवस्थापन संकायमा व्याचलर गरेको
छु ।  चुनावी नारा र प्रतिबद्धताहरु सुनाउदै  ‘नेपालगन्जलाई औद्योगिक शहर बनाउँछु । ६ कक्षादेखि उच्चशिक्षासम्म छात्रालाई पढ्न छात्राबाससहितको कलेज स्थापना ,उर्दु र अवधि भाषा र संस्कृतीको विकास र संरक्षणका लागि अग्रणी भूमिकामा रहने छु ।
उनले आफ्नो प्रतिबद्धतामा नेपालगन्जमा विश्वविद्यालय स्थापना, क्षेत्रीय विमानस्थल निर्माण, शुद्ध खानेपानी, शौचालय र सरसफाईमा विशेष जोडदिदै कृषिमा आधुनिकीकरण गरेर बजारीकरण गर्ने, नेपालगन्जलाई पर्यटनको प्रवेशद्वारको रुपमा विकास गर्ने लगायतका कुरा अघि सारेका छन् ।
अरुको कुरा काटेर समय खेर फाल्नुभन्दा आफूले नयाँ केही गर्न उत्साहित हुनु पर्ने कुरामा जोड दिने गुप्ताले चुनावमा पनि कसैको व्यक्तिगत कुरालाई लिएर अनावश्यक आरोप प्रत्यारोप गरेर नहिड्ने धारणा राख्दै उनले भने–‘उहाँहरु आफ्नो कुरा राख्नु हुन्छ । म आफ्नो कुरा राख्छु । जनताले जसलाई मन पराउँछन, उसलाई नै मत दिएर जिताउँछन ।’
नेपालगन्ज उपमहानगरपालिकाको २३ मध्ये १४ वटा क्षेत्र नं. २ को प्रदेश ख मा पर्छन् । घर र कर्मथलो नै बजारमा रहेका गुप्ताको चुनावी क्षेत्र पनि बजार नै परेकाले अलि सहज रुपमा लिइएको छ । धम्बोझीमा सचिवालय खोलेर चुनावी अभियानमा होमिएका गुप्ताको २७ गतेदेखि घरदैलो रहेको छ । सचिवालयले मंसीर १० गतेसम्मको घरदैलो कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । मुस्लिम, मधेसी र पहाडी समुदायको बसोबास रहेको नेपालगन्ज बजारमा सबै धर्मलाई सम्मान गर्ने र सामाजिक, धार्मिक सद्भाव कायम राख्न विभिन्न समितिहरुमा बसेका गुप्ताको छुट्टै पहिचान रहेको जानकारहरु बताउँछन् ।
गुप्ताको नेपाली कांग्रेसका सुरेन्द्र हमाल, संघिय समाजबादी फोरमका दुर्गेश गुप्ता, विवेकशिल साझा पार्टीका डा विनोद कर्ण राजपाका कौशल कुमार मिश्रा लगायतका उम्मेदवारसँग प्रतिस्पर्धा हुने आकलन गरिएको छ । बाम गठबन्धनबाट गुप्ता र राप्रपासँगको गठबन्धनमा हमाल चुनावी मैदानमा छन् ।

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सूर्यध्वज बाहक उम्मेदवार मिश्रासंग बाँकेलाई विकासको मोडल बनाउने यस्ता छन् योजना

२५ कार्तिक २०७४, शनिबार १६:१५
सदरलाइनडटकम   २५ कात्तिक, नेपालगन्ज : यतिबेला आगामी मंसिर २१ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रचारले बिस्तारै गति दिन सुरु गरेको छ । यसक्रममा एमालेबाट बाँके निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार पशुपतिदयाल मिश्रले नेपालगन्जलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हब मनाउनका लागि विकासको गुरुयोजना बनाउने प्रतिवद्धता […]