भारतको श्रावस्तीमा वस दुर्घटना परेर एक नेपालीको मृत्यु, ३४ घाइते

२८ बैशाख २०७५, शुक्रबार १८:३१
 

सदरलाइनडटकम 
२८ बैशाख, नरैनापुर(बाँके) : शुक्रबार भारतको श्रावस्ती मलिनपुरमा भएको बस दुर्घटनामा परेर बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ३ कालाफाँटाका १ जनाको ज्यान जानुको साथै ३४ जना घाइते भएका छन् ।
सो दुर्घटनामा परी कालाफाँटाकी राबिया बेगम खाँको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएका मध्ये ९ जनाको अवस्था गम्भीर छ ।
घाइतेहरुको अवस्था बुझ्न घाइतेहरुको उपचार भइरहेको श्रावस्ती भिन्गास्थित सरकारी अस्पताल संयुक्त जिल्ला चिकित्सालय पुगेका नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले गम्भीर घाइते रहेका हासिम खाँ र तलबुना खाँलाई थप उपचारका लागि अस्पतालले लखनऊ रेफर गरेको जानकारी दिए ।
घाइतेमध्ये सरिफुल खाँ, हासिरा खाँ, हसनतुल खाँ, हलिमा खाँ, साइरा बानो र चाँदनी खाँको अवस्था पनि गम्भीर रहेको अस्पतालले जनाएको छ ।
बहराइचस्थित सइयद मकसुद गागीको दर्शनका लागि हिँडेका कालाफाँटाका स्थानीयहरु सवार बस दुर्घटनामा परेको अध्यक्ष शाहले जानकारी दिए ।

Next Post

नृत्य प्रतियोगिताको सबै तयारी पुरा

२८ बैशाख २०७५, शुक्रबार १८:३१
सदरलाइनडटकम २८ बैशाख, नेपालगन्ज :  पश्चिम नेपालकै उच्च राशिको नृत्य प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । शुक्रबार कोहलपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । कोहलपुर स्थित साईनिङ्ग स्टार बिद्यालयमा शनिबार छनौटका लागी सबै तयारी पुरा भएको नृत्य प्रतियोगिताका प्रस्तुतकर्ता दिपक श्रेष्ठले बताए । प्रतियोगिता छनौटका लागी […]

सम्बन्धित