सुर्खेतमा इन्धन भण्डारण गृह निर्माण हुने

सदरलाइन संवाददाता ४ भाद्र २०८०, सोमबार १५:४७
 

सुर्खेत : नेपाल आयल निगमले कर्णाली प्रदेशको सुर्खेतमा इन्धन भण्डारण गृह निर्माण गर्ने भएको छ । कर्णाली प्रदेशमा इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन भण्डारण गृह निर्माण गर्न लागिएको हो ।

सुर्खेतमा डिजेल, पेट्रोलको भण्डारण गृह नभएकाले कर्णाली प्रदेशलाई लक्षित गरी भण्डारण गृह निर्माण गर्न लागिएको हो । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले दुई ठाउँमा भण्डारण गृह निर्माणका लागि सरकारी जग्गा खोजिरहेको जानकारी दिए ।


उनले भने, “इन्धनको आपूर्ति व्यवस्था सहज बनाउनका लागि भण्डारण गृह निर्माण गर्न लागेका छौँ, जग्गा प्राप्त हुनासाथ भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढाउँछौँ ।

सुर्खेतमा डिजेल, पेट्रोलको भण्डारण गृह नहुँदा नेपालगञ्जबाट टयाङ्करमा लगेर व्यवस्थापन भइरहेको छ, इन्धनको माग बढ्दै गएकाले कर्णाली प्रदेशभरि आपूर्ति व्यवस्था सहज बनाउन भण्डारण गृह बनाइने छ ।” जग्गा प्राप्ति भएपछि दोस्रो चरणमा भण्डारण गृह निर्माण कार्य अगाडि बढाइने निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज आउँदै गरेको गाडी सल्यानमा दुर्घटना, उद्धार जारी

४ भाद्र २०८०, सोमबार १५:४७
नेपालगञ्ज : रुकुमको नुवाकोटबाट नेपालगञ्ज आउँदै गरेको फोर्स गाडी सल्यानमा दुर्घटना भएको छ । रुकुमको नुवाकोटबाट छुटेको लु २ ख ५७३१ नम्बरको फोर्स गाडी सोमवार दिउँसो कपुरकोट गाउँपालिका ३ आगरखोेलामा दुर्घटना भएको हो । दुर्घटना स्थलमा प्रहरी, स्थानीय लगायतले उद्धार कार्य जारी राखेका छन् । गाडीमा भएका सबै घाइते भएको […]