कोहलपुरमा टिप्परको ठक्करले १३ जना घाइते

सदरलाइन संवाददाता २ पुष २०८०, सोमबार १३:२५
 

नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ मैटहवा नजिकै टिप्परले म्याजिकलाई ठक्कर दिँदा १३ जना घाइते भएका छन् । सोमबार बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत कोहलपुरबाट बाँसगढी तर्फ जाँदै गरेको भे १ ज ७४७ नम्बरको म्याजिक भ्यानलाई पछाडिबाट टिप्परले ठक्कर दिएको थियो ।

ठक्करबाट म्याजीक चालक सहित सवार गरी १३ जना घाइते भएका छन् । बाँसगढी ४ का रमेश थारु, बारावर्दिया ९ का अन्जु चौधरी, कोहलपुरका १ का कमला कुमारी देवकोटा, बाँसगढी की विष्णु कला खत्री, बाराबर्दियाका ७ का सुनिता नेपाली, सुर्खेत लेखबेशी ४ का प्रेम चादरा, बैजनाथ ६ का अप्सरा बुढाथोकी, बैजनाथ ६ का करण बहादुर दादेल, बैजनाथ ३ का पठे एरी, बैजनाथ ३ की सपना परियार, बाँसगढी २ का प्रशान्त विष्ट, कोहलपुर ५ की टिका कुमारी जिसी र म्याजिक चालक कोहलपुर २ का प्रविन विक घाइते भएका हुन् । घाईते सबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


टिप्पर र टिप्पर चालकलाई मदन चोक प्रहरी बिटको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यस शैक्षिक सत्रबाट जानकीमा कक्षा ११ को अध्ययन शुरु

२ पुष २०८०, सोमबार १३:२५
जानकी (बाँके) : मधेसी समुदायको बाहुल्यता रहेको बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक यस शैक्षिक सत्रबाट ११ कक्षाको अध्ययन शुरु भएको छ । नेपालगञ्जबाट नजिकै रहेर पनि दुर्गम क्षेत्रको रुपमा रहेको गाउँपालिकाको वडा नं ४ स्थित जानकी माध्यमिक विद्यालयमा कक्षा ११ को विज्ञान संकायमा अध्ययन शुरु भएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण आर्चायले […]