चोरीपैठारीको लत्ताकपडासहित पाँच जना पक्राउ

सदरलाइन संवाददाता ३२ श्रावण २०८०, बिहीबार १४:३१
 

नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका ६ मुन्सीपुर्वाबाट सशस्त्र प्रहरीले करीव ९ लाख ९५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रमा लिइएकाहरुमा भारत घर बताउने ३५ वर्षीय सिता प्रसाद कौली, २६ वर्षीय गुडु यादव, २४ वर्षीय राजेन्द्र कौली, २७ वर्षीय खर्मन पठान र २४ वर्षीय गुड्डुप कसिफ छन् ।


यूपी ४० एक्स ९२२७ नम्बरको भारतीय मोटरसाईकल र पाँच वटा साईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको ४ सय १५ थान सुट, ७५ थान तन्ना र ९ सय ४० थान सुज कभरसहित उनीहरुलाई बिओपी कालाबन्जर बाँकेले नियन्त्रणमा लिएको हो । मोटरसाईकल चालक भने सशस्त्र प्रहरीको टोलीलाई टाढैबाट देख्नासाथै फरार भएका थिए ।

नियन्त्रणमा लिएकाहरुलाई बरामद लत्ताकपडा तथा मोटरसाईकल र साईकलसहित आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा बुहारीलाई कुटपिट गर्ने पक्राउ

३२ श्रावण २०८०, बिहीबार १४:३१
बर्दिया : सार्वजनिक स्थलमा बुहारी कुट्नेलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । बारबर्दिया नगरपालिका–११ विजयनगरका ५३ वर्षीय भर्थरी चौधरीले बुधबार बुहारी २६ वर्षीया प्रमिलालाई घरबाट कुट्दै सार्वजनिक स्थलमा लगेर हात, लात्तीले हिर्काउँदै बेहोस हुनेगरी कुटपीट गरेको प्रहरीले जनाएको छ । उनले कुटपिट गरेको भिडियो समेत भाइरल भएको […]