नेपालगञ्ज : कोरोनामुक्त भई बाँकेमा बुधवार ६ जना डिस्चार्ज भएका छन् । बाँकेका कोरोना फोलक पर्सन नरेश श्रेष्ठका अनुसार बुधवार थप ६ जना डिस्चार्ज भएका हुन् ।
उनिहरुको बिदाईसँगै बाँकेमा कोरोना संक्रमणमुक्त हुनेको सँख्या ६ सय ६० पुगेको छ । नेपालगञ्जका ४ र खजुराका २ जना डिस्चार्ज भएका हुन् ।


बाँकेमा कोरोनाबाट हालसम्म पाँच जनाको मृत्यु भएको छ भने १ सय ७९ जना आईसोलेशन सेन्टरमा उपचाररत छन् ।