महात्मा गाँधीको चस्मा ढाई करोडमा बिक्री

६ भाद्र २०७७, शनिबार १३:२३
 

नेपालगञ्ज : भारतीय स्वतन्त्रता संग्रामका नेता महात्मा गान्धीको चस्मा २ करोड ५५ लाख भारुमा बिक्री भएको छ । अमेरिकी कम्पनी ब्रिस्टलले गान्धीको चस्मा यति महंगो रकममा लिलाम गरेको हो ।

बीबीसी हिन्दीका अनुसार सो चस्मा अमेरिकाको एक संग्रहकर्ताले खरिद गरेका छन् । लिलामी एजेन्सी ब्रिस्टलका अनुसार गान्धीको चस्मा ३ अगस्टमा एक व्यक्तिले खाममा हालेर कम्पनीलाई दिएका थिए ।

त्यतिखेर कम्पनीका एन्ड्य्रु स्टोले सो चस्मा कम्तिमा १४ लाख रुपैयाँमा बिक्री हुने बताएका थिए । चस्मा लिलामीमा दिएका व्यक्तिले प्राप्त रकम आफु र आफ्नी छोरीबीच बाँड्ने बताएका छन् ।

आफू सन् १९१० देखि १०३० सम्म दक्षिण अफ्रिकामा हुँदा आफ्ना काकाले गान्धीको चस्मा दिएको उनले दावी गरेका छन् । गान्धी आफ्नो युवा उमेरमा कानुनी पेशा गर्न अफ्रिका पुगेका थिए ।

Next Post

आज गणेश चतुर्थी मनाईंदै

६ भाद्र २०७७, शनिबार १३:२३
नेपालगञ्ज : शनिवार गणेश चतुर्थी पर्व मनाईंदै छ । हरेक वर्ष भाद्रशुक्ल चतुर्थीका दिन भगवान गणेशको पूजा गरी यो पर्व मनाउने गरिन्छ । सत्ययुगमा भाद्रशुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । शनिवार काठमाण्डौस्थित अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादीलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव […]

सम्बन्धित