जन्मदिनको अवसरमा महासचिव ओलीद्वारा रक्तदान

सदरलाइन संवाददाता २ फाल्गुन २०७९, मंगलवार १३:३३
 

नेपालगञ्ज : आफ्नो जन्मदिनको अवसरमा नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले रक्तदान गरेका छन् । रगतको अभावले छटपट्याइरहेको बिरामीको अकालमा ज्यान नजाओस् भन्ने उद्देश्यले उनले मंगलबार रक्तदान गरेका हुन् ।

भेरी अस्पतालको रेडक्रस सोसाइटीको शाखामा अस्पताल प्रांगणको रक्तसञ्चार केन्द्रमा उनले रक्तदान कार्यक्रम गरेका हुन् ।


महासचिव ओलीले जन्मदिनको अवसरमा कुनै होटल, पार्टी प्यालेस, रेष्टुरेन्टमा जानु भन्दा सामाजिक कार्य गर्दा छुट्टै खाालको आनन्द आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अझै आएन खडकवारको मत्ता हात्ती नियन्त्रणमा

२ फाल्गुन २०७९, मंगलवार १३:३३
कोहलपुर (बाँके) : सोमबारदेखि कोहलपुर नगरपालिका वडा नं १३ खडकवारमा आतंक मच्चाईरहेको मत्ता हात्ती गणेशराज अझै नियन्त्रणमा आउन सकेको छैन । आन्तरीक पर्यापर्यटनमा टेवा पुर्याउने उद्धेश्यले पालिएको उक्त घरपालुपा हात्ती मत्ता भएपछि अहिले खडकवार क्षेत्रमा त्रास फैलिएको छ । स्थानियहरुलाई जंगलमा जान प्रतिबन्ध गरिएको छ भने घरमा समेत सचेत भएर […]