इनिग्माका विद्युतीय स्कुटरको शोरुम कोहलपुरमा

सदरलाइन संवाददाता २४ श्रावण २०८०, बुधबार १५:०७
 

कोहलपुर (बाँके) : कोहलपुर ११ न्युरोड गोलपार्क नजिक नेशनल सोलार कम्पनी भएको घरमा ईनिग्माका विद्युतीय स्कुटरको शोरुम सञ्चालनमा आएको छ । कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदी तथा उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्षमणराज पौडेलले संयुक्तरूपमा रिवन काटेर उदघाटन गरेका हुन् ।

उदघाटन कार्यक्रममा बोल्दै उपप्रमुख सुवेदीले कोहलपुर उदाउँदो शहरका रूपमा विकास हुँदै गएको व्यापारिक केन्द्र हुँदै गएका कारण विभिन्न सवारी साधनका डिलरहरु खुल्दै गएको वताईन् । उनले अब कोहलपुरबासीहरु कुनैपनि सामान खरिद गर्न नेपालगञ्ज जानु नपर्नेगरि सुविधा सम्पन्न कोहलपुर हुँदै गएको जिकिर गरिन् ।

कार्यक्रममा उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्षमणराज पौडेलले शोरुम खुल्नु कोहलपुर बासिको लागि मात्र नभई लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशको केन्द्रविन्दुमा रहेकोले सबैको सहजता हुने वताए । आजको पेट्रोलको भाउ निकै बढेको समयमा आम उपभोक्ता लाई निकै सस्तो दर र इलेक्ट्रिकल माध्यमको गाडी चढ्नु आजको आवश्यकता भएको वताए ।


कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका पुर्व केन्द्रिय सदस्य चक्र अधिकारीले शोरुमबाट इलेक्ट्रिकल गाडी निकै सहज रूपमा विन झन्झट चढ्न पाईए भएकोले आफू निकै खुसी भएको धारण व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति नारायण प्रसाद गौडेल, प्रदेश ख सभापति बलाराम शर्मा, उप प्रमुख संगिता सुवेदी, उधोग वाणिज्य संघका अध्यक्ष लक्षमणराज पौडेल, चक्र अधिकारी, मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस पाठ्यक्रम तथा मूल्याङन विषयका उप प्राध्यापक एकराज शर्मा लगायतको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रजातान्त्रिक समुह मतदाताहरुसँग भेटघाटमा व्यस्त

२४ श्रावण २०८०, बुधबार १५:०७
नेपालगञ्ज : न्यूरोडका मतदाताहरुसँग नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका उम्मेदवारहरुले भेटघाटलाई तिब्रता दिएका छन् । प्रजातान्त्रिक समूहले बुधवार न्यूरोडका मतदाताहरुमाझ पुग्दै आफूलाई नेतृत्व गर्ने अवसर दिन आग्रह गरेको छ । अध्यक्ष पदका उम्मेदवार ललित कुमार रौनियारको नेतृत्वमा पुगेको उम्मेदवारहरुले मतदाताहरुसँग भेट्दै आफ्ना कुराहरु राखेको […]