विउविजन सहज उपलव्धताको पहल

२३ जेष्ठ २०७७, शुक्रबार १३:२९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : खेतीको मौसम शुरु हुनै लाग्दा पनि मलखाद, विउविजनको सहज उपलव्धता नभएपछि सम्वाद समूह बाँकेले सरोकारवालासँग आवश्यक सहजीकरण शुरु गरेको छ ।
बढ्दो कोरोना संक्रमण, लगातारको लकडाउनका कारण उत्पन्न कृषि समस्या र उत्पादनमा पर्न सक्ने प्रभावलाई दृष्टिगत गर्दै समूहले बाँकेस्थित कृषिसँग सम्वद्ध निकाय र जिम्मेवार अधिकारीको ध्यानाकषर्णसहित उचित पहलको प्रक्रिया शुरु गरेको हो ।
सम्वाद समूह, बाँकेको संयोजनमा गरिएको अन्तरक्रियात्मक सम्वादमा मलखाद, कृषि सामग्री र विउविजनको तत्काल व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको उपस्थितीमा सहकारीमा आवद्ध कृषक अगुवादेखि मलखाद विक्रेता कम्पनीसम्मको सहभागिता रहेको कार्यक्रममा मलखादको मौज्दात सकिएकाले तत्काल व्यवस्थापन गर्न नसकिए धानखेतीलगायतको उत्पादन घटने सम्वद्ध अधिकारीले जिकिर गरेका छन् ।
सम्वाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले सहजीकरण गरेको कार्यक्रममा वक्ताहरुले लकडाउनको बहानामा कृषकलाई दुःख दिन नहुने भन्दै कृषि कार्यका लागि सहज बातावरण बनाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले मलखाद अभाव हुन नदिने प्रतिवद्धतासहित आवश्यक समन्वय लगायतका सम्पूर्ण पहल गर्ने विश्वास दिलाए ।

Next Post

यात्रु लिन रुपईडिहानै पुग्छन् नेपाली सवारी साधन

२३ जेष्ठ २०७७, शुक्रबार १३:२९
सदरलाइनडटकम, नेपालगञ्ज : सार्वजनिक यातायातका नेपाली सवारी साधन सीमावर्ती भारतीय बजार रुपईडिहासम्म पुग्ने गरेको खुलासा भएको छ । सरकारले सीमानाका शील गरी पैदलसमेत ओहोरदोहोर गर्न नदिने गरेको निर्णयको बेवास्ता गर्दै नेपाली सवारी साधन रुपईडिहासम्म पुग्ने गरेको बताइएको छ । भारतबाट फर्किने नेपालीलाई लिन त्यस्ता सवारी साधन भारतीय बजार रुपईडिहासम्म जाने […]