राप्तीसोनारीको अगैया र शम्शेरगन्जबाट दुई सडकमानव उद्दार

सदरलाइन संवाददाता २७ माघ २०७७, मंगलवार १८:३८
 


कोहलपुर (बाँके) : ईलाका प्रहरी कार्यालय कोहलपुरले राप्तिसोनारी गाँउपालिकाका फरक–फरक स्थानबाट २ जना सडक मानवलाई उद्दार गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले मंगलबार राप्तिसोनारी गाँउपालिका वडा नं २ अगैयाबाट एकजना र वडा नं ८ शम्शेरगंजबाट १ जना गरी दुईजना सडक मानवलाई उद्दार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका कार्यालय प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाको निर्देशन अनुसार उनीहरुलाई उद्दार गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । २ जना मध्ये एक जना अन्दाजी १७ बर्षिय किशोरी हुन् भने एक जना अन्दाजी २३ वर्षका पुरुष रहेको प्रहरीले जनाएको छ ।


बाँकेमा चलिरहेको मानवरहित सड्क अभियानलाई सार्थक बनाउन आफ्नो कार्यक्षेत्र एरिया अन्तरगत सड्कमा बेसाहरा अवस्थामा रहेका मानिसहरुको व्यबस्थापन तथा उद्धार गर्ने कार्यलाई प्राथमिकतामा राखी काम गर्ने क्रममा उनीहरुलाई उद्दार गरिएको बाँके प्रहरीले जनाएको छ । साथै उनीहरुलाई सम्बन्धित संस्थाको जिम्मा लगाउन तर्फ आवश्यक प्रबन्ध भइरहेको बाँके प्रहरीले जनाएको छ । फोटो बाँके प्रहरी

Next Post

भूमि सम्बन्धी समस्या समाधान आयोग बाँकेको कार्यालय स्थापना

२७ माघ २०७७, मंगलवार १८:३८
नेपालगन्ज : लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेशमा विद्यमान रहेको भूमि समस्या सबै एकमुष्ट रुपमा समाधान गरिने बताएकी छन् । मंगलबार भूमि सम्बन्धित समस्या समाधान आयोग जिल्ला समिति बाँकेको कार्यालय उद्घाटन गर्दै मन्त्री पौडेलले सो कुरा बताएकी हुन । जिल्ला समन्वय समिति बाँकेमा कार्यालय स्थापना […]