जिविकोपार्जनका लागि व्यवसायिक साक्षर तालिम शुरु

सदरलाइन संवाददाता २२ श्रावण २०८०, सोमबार १७:०७
 

नेपालगञ्ज : बर्दियामा विभिन्न व्यवसाय सञ्चालन गरिरहेका युवा महिलाहरुको लागि तीन दिने व्यवसायिक साक्षरता तथा लेखा व्यवस्थापन तालिम गुलरिया नगरपालिकामा सोमवारबाट शुरु भएको छ ।

सो तालिम प्लान नेपालको सहयोगमा बाँके युनेस्कोद्वारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएको हो ।

युवा महिलाहरुको व्यवसायीक ज्ञानमा अभिवृद्धि, व्यवसायको निरन्तरता, वचत गर्ने बानिको विकास तथा व्यवसायमा भएको कारोबारको खाता संचालन तथा लेखापालान गर्न सक्षम बनाउनु उक्त तालिमको मुख्य उद्देश्य रहेको जनाईएको छ ।


बाँके युनेस्को क्लबका परियोजना संयोजक गोबिन्द प्रसाद लामिछानेले व्यवसायको व्यवसायिक योजनाको पुनरावलोकन, स्थानीय सरकारबाट सुविधा र कार्यक्रममा सरभागीताकालागि सक्षम बनाई दिर्घकालिन रुपमा व्यवसायको विकास विस्तार गरी दैनिक जिबिकोपार्जनमा सहजता ल्याउनु पनि कार्यक्रमको उद्देश्य रहेको बताए ।

तालिमको सहजीकरण राज बहादुर चौधरीले गरेका छन् छ भने तालिममा प्लान ईन्टरनेशनल नेपालका कार्यक्रम संयोजक गोमावली चौधरीको पनि सहभागिता रहेको छ ।

तीन दिनसम्म सञ्चालन हुने सो तालिममा गुलरियाका ३० जना युवा महिला व्यवसायीको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउन सुगरसहित बाँकेमा दुई जना पक्राउ

२२ श्रावण २०८०, सोमबार १७:०७
नेपालगञ्ज : बाँकेमा २२ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । भे ४ प २१४३ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालगञ्ज आउँदै गरेका नेपालगञ्ज १४ का कलामुद्दिन शेष र प्रमोद गिरीलाई २२ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । उनीहरुले हेलमेटभित्र […]