पानीको गुणस्तरबारे उद्योगीसंग छलफल

सदरलाइन संवाददाता १५ पुष २०७९, शुक्रबार १३:१३
 

नेपालगञ्ज : खाद्य पदार्थको स्वच्छता, हामी सबैको प्रतिबद्धता भन्ने नाराका साथ खाद्य प्रबिधि तथा गुणनियन्त्रण कार्यालय नेपालगञ्जद्वारा बाँके बर्दियामा शुद्ध खानेपानी विक्रि बितारण गर्दै आएका पानी उद्योग सञ्चालकहरुलाई पानीको गुणस्तर र शुद्धता कायम गर्नको लागि एक दिने अन्तरक्रिया एवम सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा कार्यालयले दिएको सेवा सुबिधा तथा ऐन नियमको बारेमा जानकारी गराउदै खाद्य निरिक्षक एकराज बुढाथोकीले पानी उत्पादकहरुले विक्रि बितरण गर्दै आएको बोतलको पानी र जारको पानीको गुणस्तर लेबलिङ्ग, तथा शुद्धताको बारेमा जनगुनासो आएको कारणले यस्तो कार्यक्रम गर्नु परेको बताए ।


सोही कार्यक्रममा कार्यालयका निमित्त प्रमुख अमित भूषण सुमनले खाद्य स्वच्छताको बारेमा भएका प्रावधान र हुँदै आएका कार्यहरुको बारेमा प्रस्तुती करण गर्दै उद्योगीले लिने अनुज्ञा पत्र र उद्योग सञ्चालनको बिधि तौर तरिकाको बारेमा जानकारी गराएका थिए ।

उनले खानेपानी उद्योगले उपभोक्तालाई बिक्रि बितरण गरको पानीको जारको गुणस्तर अत्यन्तै खस्कदो भएको अधिकांश फुटेको, पानीको उत्पादन गरेको मिति तथा व्यचनं. उल्लेख नभएको जनगुनासो आउन नदिने गरी उद्योग सञ्चालन गर्न अनुरोध गरे ।

सो कार्यक्रममा उपभोक्ता सरोकार मञ्चका उपाध्यक्ष प्रभात सिंह ठकुरी र पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदीले प्रस्तुत गरिएका कार्यपत्रमाथि टिप्पणी गरेको कार्यक्रम खाद्यय निरिक्षक ज्योती आचार्यले सहजिकरण गरेका थिए भने पानी उद्योग संघका अध्यक्ष विनय श्रेष्ठ, सल्लाहकार बिपिन पौडेललगायत बाँके बर्दियाका पानी उद्योगीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागूऔषधसहित बर्दियामा एक जना पक्राउ

१५ पुष २०७९, शुक्रबार १३:१३
बर्दिया : सशस्त्र प्रहरी बल, कण्ठपुर पोष्टले भारतबाट लुकाइछिपाई ल्याएको ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका २ कण्ठपुर चोकबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा बाँके कोहलपुर २ का ३९ वर्षीय द्धारिकाप्रसाद थारुलाई ४ ग्राम लागूऔषधसहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले जनाए । […]