दुर्घटना न्यूनिकरणकोे लागि चालक, परिचालकको स्वास्थ्य परिक्षण

४ माघ २०७५, शुक्रबार ०७:२१
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा सडक दुर्घटना न्यूनिकरण गर्नकोे लागि पुर्व–पश्चिम राजमार्गमा सञ्चालन भएका सवारी साधनका सवारी चालकको स्वास्थ्य परिक्षण गरिएको छ ।
पुर्व–पश्चिम राजमार्गको वैजनाथ गाउँपालिका सम्झनाचौक नजिकै अस्थायी प्रहरी पोष्टमा सञ्चालित स्वास्थ्य परिक्षणमा एक सय ९८ जनाले लाभ लिएका छन् ।
दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउने उदेश्यले सवारी चालक र परिचालकले आँखा र उच्च रक्तचाप (पे्रसर) सम्वन्धी परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरिक्षक हिरेन्द्र रोकायाले जानकारी दिए ।
उनले राजमार्गमा सञ्चालन भएका सवारी साधन मध्ये बसका ९८, ट्रक ५३, जीपकार ३७, ट्रयाक्टर ४, टेम्पो ६ गरि एक सय ९८ चालक÷परिचालकको स्वास्थ्य परिक्षण गरिएकोमा ६ जनामा आँखाको दुरदृष्टि कमजोर र ३६ जनामा उच्च रक्तचापको समस्या देखिएको बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी चेकजाँच मात्र नभई दुर्घटना न्यूनीकरण र प्रभावकारी ट्राफिक व्यवस्थापनका लागि सचेतनाका विभिन्न कार्यक्रम सञ्चालन गरिदै आएको छ ।
सो कार्यमा नेपालगन्ज मेडीकल कलेज शिक्षण अस्पताल कोहलपुरका डा देवेन्द्र आचार्य, सामुदायिक स्वास्थ्य चौकी बनकटवाका पृथ्वीनाथ योगी, न्यौपाने आँखा उपचार केन्द्र कोहलपुरका हरिप्रसाद न्यौपाने, संगम मेडिकल हल संगमचौकका कृष्ण पौडेल सहितको टोलीले विभिन्न सवारी साधनका चालक तथा परिचालकहरुको स्वास्थ्य परिक्षण गरेका थिए । 

Next Post

सहुलियत व्याजमा ऋण लिनेको सङ्ख्यामा वृद्धि

४ माघ २०७५, शुक्रबार ०७:२१
काठमाडौँ, : सरकारले दिएको सुविधाको उपभोग गरी कृषि तथा पशुपक्षी व्यवसायमा कर्जा लिनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक विवरणमा गत मङ्सिर मसान्तसम्म नौ हजार ७४९ जनाले कृषि कर्जा लिएको पाइएको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि भन्दै पाँच प्रतिशत व्याज […]