सांग्रिला बैंकको खुद मुनाफा ३४ करोड ३७ लाख

सदरलाइन संवाददाता २० श्रावण २०८०, शनिबार १३:४७
 

नेपालगञ्ज : सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

प्रकाशित विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा ३४ करोड ३७ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५२ करोड ७१ लाख ७३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

समिक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८० करोड ४१ लाख ६० हजार रुपैयाँ गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६९ करोड १२ लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।


समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी बढेर ३ अर्ब २६ करोड ७५ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब ३ करोड ९१ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकले ५० अर्ब ५६ करोड ७७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब १० करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

समिक्षा अवधिसम्म वितरणयोग्य नाफा २४ करोड ८९ लाख ५४ हजार रुपैयाँ छ । सो आधारमा बैंकको लाभाश क्षमता ७.६२ प्रतिशत रहेको छ ।

यस अवधिमा बैंकको खराब कर्जा १.३९ प्रतिशतबाट बढेर ३.०६ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १०.५२ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरस्थित सामुदायिक बनमा कागती खेती

२० श्रावण २०८०, शनिबार १३:४७
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका वडा नं. १२ मा रहेको सिर्जना सामुदायिक बनले गरेको सामुहिक कागती खेतीबाट समुहले मनग्गे आम्दानी गर्दै आएको सामुदायिक बनका उपभोक्ताहरुले बताएका छन् । २०६५ सालमा बनको खाली एक हेक्टर जग्गामा बिभिन्न प्रजातीका कागती लगाई गरिएको सामुहिक खेतीमा १३७ जना उपभोक्ताहरु लाभवान्भित हुँदै आएको सिर्जना […]