रेडक्रस बाँकेद्वारा बागेश्वरी मन्दिरमा सरसफाई

सदरलाइन संवाददाता ३ असार २०८०, आईतवार १५:०७
 
Untitled design – 1

नेपालगञ्ज : नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ५६औं शाखा स्थापना दिवस मनाइएको छ । दिवसका अवसरमा शक्तिपीठ माता बागेश्वरी मन्दिर परिसर क्षेत्र महाआरती स्थलको सरसफाई गरी आइतवार दिवस मनाइएको हो ।

दिवसका अवसरमा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले रेडक्रस बाँकेका संस्थापकहरुलाई सम्झदै मानवीय सेवा दिनप्रति दिन व्यापक हुँदै गएको बताए । उनले बागेश्वरी मन्दिर क्षेत्रको नियमित सरसफाई गरी वातावरण स्वच्छ बनाउन ध्यानाकर्षण गराए ।


कार्यक्रममा जिल्ला र उपशाखा कार्यसमितिका पदाधिकारी, सदस्य तथा कर्मचारी र नेपालगञ्ज उपमहानगरपालिका–२ का वडाध्यक्ष मनोज श्रेष्ठ, पूर्व वडाध्यक्ष सुनिल सिंह हमाल, सरसफाईकर्मी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मंकीपक्सको उपचारका लागि भेरीमा डा. चापागाईं फोकल पर्सन

३ असार २०८०, आईतवार १५:०७
नेपालगञ्ज : नेपालमा पहिलोपटक मंकीपक्स संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जना डाक्टरलाई फोकल पर्सन तोकेको छ । स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालका १४ जना डाक्टरलाई मंकीपक्स रोगको उपचारका लागि फोकल पर्सन तोकेको हो । भेरी अस्पताल नेपालगञ्जमा मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईंलाई फोकल पर्सन तोकिएको छ । […]