फोनिज बाँकेमा भगतरामको नेतृत्वमा नयाँ कार्यसमिति

सदरलाइन संवाददाता २५ मंसिर २०७८, शनिबार १८:५९
 

नेपालगञ्ज : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँके शाखाको शनिबार नेपालगञ्जमा सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा भगतराम थारुको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ ।

सो अधिवेशनले अध्यक्ष थारु लगायत १० जना कार्यसमितिलाई निर्विरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा सोम गुरुङ, सचिबमा लक्ष्मी चौधरी, सहसचिवमा सुमन श्रेष्ठ र कोषाध्यक्षमा दिपक राई निर्वाचित भएका छन ।


त्यसैगरी सदस्यहरुमा अशोक थापा, सुबिता थारु, रुपा चौधरी, सुषमा श्रेष्ठ, मस्तीराम चौधरी चयन भएका छन । १३ सदस्यीय कार्यसमितिमध्ये हाल १० जना निर्वाचित भएका छन भने ३ जना सदस्यलाई पछि कार्यसमितिले मनोनित गर्ने छ ।

त्यसैगरी, सोही अधिवेशनले बिधान अनुसार ८ जना सदस्यलाई प्रदेश महाधिवेशन र ५ जना सदस्यलाई संघीय महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ ।

फोनिजले मङ्सिर २५ गते शनिबार देशैभरका जिल्ला शाखाहरु, पुस २४ गते प्रदेश महाधिवेशन र माघको ७ र ८ गते संघीय महाधिवेशन गर्ने यसअघि नै निर्णय गरेको थियो । फोनिजको हालसम्म ५४ जिल्ला शाखा, ७ प्रदेश र ५ बिदेश शाखा समितिहरु रहेका छन । फोटो काँचुलीखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा विद्यार्थी चढेको बस दुर्घटना, ७ जना घाइते सबैको अवस्था सामान्य

२५ मंसिर २०७८, शनिबार १८:५९
दाङ : नेपालगञ्जबाट दाङको धारपानी मन्दिरको भ्रमणमा गएको विद्यालयको बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । मन्दिरको दर्शन गरेर फर्किने क्रममा घोराही उपमहानगरपालिका–३ चौपट्टा ओरालोमा शनिबार बेलुकी सवा ६ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालका […]