कब्रिस्तान व्यवस्थापन समितिको साधारणसभा सम्पन्न

सदरलाइन संवाददाता ८ श्रावण २०८०, सोमबार १४:२४
 

नेपालगञ्ज : नेपालगञ्ज ४ स्थित अवस्थित रहेको कब्रिस्तान व्यवस्थापन समितिको साधारण सभा सम्पन्न भएको छ ।

कब्रिस्तान समितिका अध्यक्ष याकुब अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा मुस्लिम धर्म गुरु मौलाना अब्दुल जब्बार मनजरीले हाम्रो धर्म संस्कृति जोगियो भने हाम्रो पहिचान आफैं जोगिने बताउँदै उहाँले हाम्रो धर्म र आस्था माथि असर पुग्ने गरी गतिविधि गर्नेहरुलाई अविलम्ब कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकाय संग अपिल गरे ।

उनले नेपाल प्राकृति धार्मिक ,सास्कृतीक भौगोलिक ,जातीय बिबिधताको कारणले आ–आफनै किसिमको धार्मिक सहिष्णुता र छुट्टै मुल्य मान्यता रहेकोेले हाम्रो आस्था माथि ठेस पुग्ने गरी कलम नचलाउन पत्रकारहरु संग आग्रह गरे ।

साधारणसभामा व्यवस्थापन समितिका अध्यक्ष अन्सारीले पेश गरेको आव २०७९।८० को वार्षिक प्रतिवेदन र आर्थिक प्रतिबेदन सर्वसम्मतले अनुमोदन गर्नुका साथै व्यवस्थापन समितिलाई विस्तार गर्ने निर्णय गरिएको थियो ।

कार्यक्रममा मौलाना मन्सुर आरफीले कब्रिस्तान समितिले गर्दै आएको कामको प्रशंसा गर्दै केही तत्वहरु कब्रिस्तान माथि नै गलत नजर लगाएको बताउँदै त्यस्ताको गतिविधि माथि गम्भीर भएर नजर राख्न मुस्लिमहरुलाई निर्देशन दिँदै धार्मिक आस्था माथि प्रहर गर्ने जो भएपनि कानुन बमोजिम कारवाही गराउन तर्फ केन्द्रित हुन आग्रह गरे ।


साधारण सभामा बोल्दै पत्रकार सेराजुद्दीन खानले कब्रिस्तानलाई अझ व्यवस्थित गरेर लैजान सुझाव दिँदै कब्रिस्तान जस्तो ठाँउमा राजनीति गर्न खोज्नेहरुलाई इस्लामीक कानुन बमोजिम अगाडि बढन जरुरी रहेको बताए ।

यस्तै मुस्लिम पत्रकार क्बलका अध्यक्ष आलम खानले पत्रकारिताको नाम बेचेर धार्मिक आस्था माथि पछिल्लो समयमा भईरहेको आक्रमणले आफूलाई स्तब्ध बनाएको बताउँदै पत्रकारिताको मूल्य मान्यता र नियम विपरीत गएर आफू चर्चामा आउनका लागि भिडियो बनाउनु गलत भएकोले त्यस्तो कार्य तत्काल बन्द गर्न अपिल गरे ।

साधारण सभामा जामा मस्जिदका अध्यक्ष फिदा अन्सारी, फूलबारी मस्जिदका अध्यक्ष यूसूफ, जामा मस्जिदका उपाध्यक्ष मोहम्मद ज्याउल हक, महासचिव इरफान सिद्धिकिी, हाजी अब्दुल हकीम, हाजी रज्जब अन्सारी, हाजी सकिल जसगढ, मोहम्मद हारुन हल्वाई, अतहार हुसेन फारुकी, हाजी सरिफ बागवान, मेराज हल्वाई, वडा नं. ५ का अध्यक्ष सराफत अलि लगायतले साधारण सभाको शुभ कामना व्यक्त गरेका थिए ।

साधारण सभाले सलाहुद्दीन जसगढ, चाँद खाँ, बेबी तबस्सुम, सेराज खान, हाजी अब्दुल हकिम, मोहम्मद जुनेद हल्वाई, आलम खान, अशफाक अन्सारी, शहिद अली सल्मानी सहित २४ जनालाई कब्रिस्तान व्यवस्थापन समितिको सदस्यमा मनोनित गरेको अतहर हुसेन फारुकीले जानकारी दिए । साधारण सभामा २ सय भन्दा बढी मुस्लिमहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेकी अन्सारी आयोगको सदस्यमा मनोनित

८ श्रावण २०८०, सोमबार १४:२४
नेपालगञ्ज : जनता सनाजवादी पार्टीकी केन्द्रिय सदस्य बेबि तबस्सुम अन्सारीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय नेपाल राष्ट्रिय आयोग सिंहदरवार, काठमाडौंले युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगको सदस्यमा मनोनयन गरेको छ । अन्सारीलाई युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको विधान, २०३१ (संशोधन सहित) को परिच्छेद २ को […]