बाँकेकी अन्सारी आयोगको सदस्यमा मनोनित

सदरलाइन संवाददाता ८ श्रावण २०८०, सोमबार १४:३३
 

नेपालगञ्ज : जनता सनाजवादी पार्टीकी केन्द्रिय सदस्य बेबि तबस्सुम अन्सारीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय नेपाल राष्ट्रिय आयोग सिंहदरवार, काठमाडौंले युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगको सदस्यमा मनोनयन गरेको छ ।

अन्सारीलाई युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको विधान, २०३१ (संशोधन सहित) को परिच्छेद २ को दफा ३ उपदफा (२) र (३) बमोजिम आयोगको सदस्यमा अषाढ ८ गतेको माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको अध्यक्षज्यूको निर्णयबाट तपाईलाई ४ (चार) बर्षका लागि मनोनयन गरिएको व्यहोरा उक्त पत्रमा उल्लेख छ ।


मन्त्रालयले अन्सारीको अनुभव, योग्यता र विशेषज्ञताले यस आयोगले प्राज्ञिक सहयोग प्राप्त गर्नेछ भन्ने आशा एवं विश्वास लिइएको पत्रमा उल्लेख छ । युनेस्को आयोगको सदस्यमा मनोनयन गर्दै हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीलाई समस्या

८ श्रावण २०८०, सोमबार १४:३३
नेपालगञ्ज : बाँकेमा ठूला कारागार सञ्चालनमा नआउँदा कैदीबन्दीले सास्ती खेप्नुपरेको छ । जिल्लाका दुई ठूला कारागार सञ्चालनको प्रक्रियामा टुङ्गो नलाग्दा कैदीबन्दीलाई यसको प्रत्यक्ष असर परेको छ । अधिकारकर्मी प्रभातसिंह ठकुरीका अनुसार जीर्ण अवस्थामा रहेको जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा उनीहरुले सास्ती भोग्नुपरेको छ । ‘जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी […]