एक बर्षमै बाँकेमा १६० उद्योग बन्द

सदरलाइन संवाददाता ६ श्रावण २०८०, शनिबार १४:३९
 

नेपालगञ्ज : बाँकेमा गत आर्थिक वर्ष २०७९–०८० मा १६० घरेलु तथा साना उद्योग बाँके बन्द भएका छन् । कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका १६० उद्योग खारेजीमा परेको जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख रमेशबहादुर बुढाथोकीले बताए ।

उनका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेका छन् । उद्योग व्यवसाय बन्द गराउँदा उद्योगी व्यवसायीले आफ्नो घरायसी कारण देखाउने गरेका उनको भनाइ छ । कोभिड–१९ को असर, बैंकको ब्याज वृद्धि हुनु, आर्थिक तरलता लगायत कारणले उद्योग तथा वाणिज्य फार्म बन्द हुने क्रम बढेको छ ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठका अनुसार यसरी व्यवसाय बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली भएका छन् । कैयौँ उद्योगी व्यवसायी नेपालगन्जबाट विस्थापित भएको उनको भनाइ छ । जिल्लामा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्या पनि गत आर्थिक वर्षमा घटेको छ ।


आर्थिक वर्ष २०७८–०७९ मा एक हजार ७१२ नयाँ उद्योग दर्ता भएकामा आर्थिक वर्ष २०७९–०८० मा जम्मा ८७६ मात्र नयाँ उद्योग दर्ता भएका निमित्त प्रमुख बुढाथोकीले जानकारी दिए । उनका अनुसार गत आवमा कृषि तथा वनजन्यतर्फ ३६५, उत्पादनमूलक १४०, पर्यटन सम्बन्धी १३२ र सेवामूलक २३९ गरी कूल ८७६ उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख बुढाथोकीका अनुसार गत आर्थिक वर्षमा ३१४ उद्योग नवीकरण भएका छन् । नयाँ उद्योग दर्ता तथा नवीकरणबापत रू ८५ लाख ३० हजार १५० राजस्व सङ्कलन भएको निमित्त प्रमुख बुढाथोकीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लम्पीस्किन रोगबाट बाँकेमा ३५ हजार बढी पशु प्रभावित

६ श्रावण २०८०, शनिबार १४:३९
नेपालगञ्ज : बाँकेमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट ३५ हजारभन्दा बढी पशु चौपाया प्रभावित भएका छन् । जिल्लामा सो रोगको सङ्क्रमण तीव्र गतिमा फैलिनेक्रममा रहेको चिकित्सकको भनाइ छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जले दिएको जानकारीअनुसार बाँकेमा ३५ हजारभन्दा बढी पशु चौपाया सो रोगबाट सङ्क्रमित छन् भने करिब […]