एनटीभीको ३९औं बार्षिकोत्सव कोहलपुरमा सम्पन्न

सदरलाइन संवाददाता १७ माघ २०८०, बुधबार १५:०८
 

कोहलपुर (बाँके) : नेपालमा पहिलो टेलिभिजन च्यानलका रुपमा २०४१ सालदेखि प्रसारण प्रारम्भ गरेको नेपाल टेलिभिजनले आफनो ३९ औं बार्षिकोत्सव एक भब्य कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । कोहलपुर प्रशारण केन्द्रको सभाहलमा लुम्विनी प्रदेशका गृह मन्त्रि सन्तोष पाण्डेको प्रमुख आतिथ्यतामा कोहलपुर प्रशारण केन्द्रले आफनो ३९ औं जन्म जयन्ति मनाएको हो ।

समारोहलाई सम्बोधन गर्दै गृह मन्त्रि पाण्डेले लुम्विनी प्रदेश पर्यटनका दृष्टिले अत्याधिक संभावना बोकेको प्रदेश भएको औंल्याउदै यो प्रदेशको संबृद्धिका निम्ति पर्यटकहरुलाई आकर्षित गरि उनीहरुलाई सहज अवलोकन भ्रमण गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।

प्रदेशका संभावित पर्यटकिय स्थल, भाषा भाषि र आत्मनिर्भरताका सवालहरुमा नेपाल टेलिभिजनको महत्वपुर्ण भुमिका रहेको भन्दै गृह मन्त्रि पाण्डेले परनिर्भरता त्याग र सकारात्मक सोचको विकासले मात्र सभ्य समाज र राष्ट्रको परिकल्पना गर्न सकिनेमा जोड दिए ।

नयाँ नेपाल हैन सम्पन्न र ब्यबस्थित नेपाल निर्माणमा आम सञ्चारको महत्वपुर्ण भुमिका हुने र त्यो भुमिकालाई नेपाल टेलिभिजनले मात्र निभाउन सक्ने भन्दै सकारात्मक सन्देश दिने सामाग्रिहरु प्रशारण गरि राष्ट्र निर्माणमा अग्रसर रहन नेपाल टेलिभिजनलाई आग्रह गरे ।


कोहलपुर प्रशारण केन्द्र कोहलपुरका प्रमुख विजय वर्माको अध्यक्षतामा आयोजित उक्त बिशेष कार्यक्रममा लुम्विनी प्रदेश भुमि ब्यबस्था तथा कृषि मन्त्रि भण्डारिलाल यादव, नेपाली काङग्रेस लुम्विनी प्रदेश सभा संसदिय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिना, प्रदेश सांसद तथा पुर्व वन मन्त्रि दुर्गा प्रसाद चौधरी, कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्य, गृह सचिव लालवावु कुवारी,बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण पोखरेल लगायत बक्ताहरुले बार्षिकोत्सवका अवसरमा टेलिभिजनको थप प्रगतिको शुभकामना ब्यक्त गरेका थिए ।

नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्रका कार्यक्रम उत्पादन प्रमुख रामचन्द्र लोहारको स्वागत मन्तब्यसंगै शुभारम्भ गरिएको कार्यक्रमको उदघाटन गृह मन्त्रि पाण्डेले पानसमा वत्ति बालेर गरेका थिए ।

३९ औं बार्षिक उत्सवका अवरमा लुम्विनी प्रदेश सभा सदस्यहरु आदेश कुमार अग्रवाल,वसन्ति अभिकारी, अम्विका काफले, सञ्जु कुमारी थारु,बादशाह कुर्मि कोहलपुर वडा नं. ११ का अध्क्ष कल्पना शर्मा,राखेप सदस्य एलवि क्षेत्रि, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, बुद्धिजिवी, नागरिक अगुवा एबं दर्जन बढि पत्रकारहरुको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

यसैविच ३९ औं बार्षिक उत्सवका अवसरमा दुई टेलिभिजनकर्मि सम्मानित भएका छन । यसरी सम्मानित हुनेमा बाँके समाचारदाता रुद्र सुवेदी र बर्दिया समाचारदाता डिल प्रकाश गौतम रहेका छन । समाचारदाताद्धयलाई आज बुधवार आयोजित नेपाल टेलिभिजन प्रादेशिक प्रशारणको सभाहलमा सम्मान पत्र सहित लुम्विनी प्रदेशका गृह मन्त्रि लगाएत अतिथीहरुले सम्मान गरे ।

टेलिभिजनकर्मि पुरषोत्तम सापकोटाले सञ्चालन गरेको कार्यक्रममा बार्षिक उत्सवका अवसरमा कर्मचारीहरुबिच भएको खेलमा उत्कृष्ठ हुने खेलाडिहरुलाई समेत पुरष्कृत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बारबर्दियामा श्रीराम कथा ज्ञानयज्ञ शुरु

१७ माघ २०८०, बुधबार १५:०८
बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ३ मा श्रीराम कथा ज्ञानयज्ञ शुरु भएको छ । बारबर्दिया नगरपालिका नगर प्रमुख छबिलाल थारुले उदघाटन गरेको कथा ज्ञानयज्ञमा विभिन्न धार्मिक कार्यक्रमहरु हुँदैछन् । दिव्य ज्योति जागृति सस्था, बारबर्दिया ३ बर्दियाको आयोजनामा सत दिवसीय श्रीराम कथा शुरु भएको हो । यो एउटा धार्मिक […]