स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

सदरलाइन संवाददाता १७ माघ २०७८, सोमबार १५:२९
 

 

कञ्चनपुर : कञ्चनपुरमा आइतबार स्कुटर दुर्घटना हुँदा एकको मृत्यु भएको छ।

भीमदत्त नगरपालिका(३ का ४५ वर्षीय पुरन चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले जानकारी दिए।


बिचपुरीबाट नौलाखेततर्फ जाँदै गरेको से ७ प ७१४६ नम्बरको स्कुटर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरी निरीक्षक भट्टले बताए।

उनका अनुसार घाइतेलाई दुर्घटनापछि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो।

उनको उपचारका क्रममा गएराति अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सोमवार ८९ जनामा कोरोना पुष्टि

१७ माघ २०७८, सोमबार १५:२९
नेपालगञ्ज : बाँकेमा सोमवार थप ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ७७ र एन्टिजेन परीक्षणमा १२ गरी थप ८९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । जिल्लाका तीनवटा पीसीआर ल्यावमा १४४ जनाको नमुना जाँच्दा ७७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । भेरीमा ५५, कोहलपुर […]