बाँकेमा आन्तरिक राजस्व आठ प्रतिशतले बृद्धि

सदरलाइन संवाददाता ४ श्रावण २०८०, बिहीबार १३:२५
 

नेपालगञ्ज : आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले अघिल्लो आर्थिक वर्ष २०७८–७९ भन्दा आर्थिक वर्ष २०७९–८० मा आठ प्रतिशतले बढी राजस्व सङ्कलन गरेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख सुदिशकुमार अर्यालका अनुसार आर्थिकवर्ष २०७९–८० मा पाँच अर्ब ९२ करोड २० लाख ९८ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । कार्यालय प्रमुख अर्यालले भने, ‘बिश्वव्यापी आर्थिक मन्दीका कारण विभागबाट प्राप्त लक्ष्य पूरा गर्न नसके पनि गतवर्ष भन्दा बढी राजस्व जम्मा गर्न सफल भएका छौं ।’

कार्यालयले लक्ष्यको ७४.३८ प्रतिशत राजस्व सङ्कलन गरेको छ । विभागबाट आन्तरिक राजस्व कार्यालयले सात अर्व ९६ करोड १७ लाख दुई हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य प्राप्त गरेको थियो ।


आर्थिक वर्ष २०७८–७९ मा पाँच अर्व २२ करोड ४६ लाख ६०२ रुपियाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा पाँच अर्व ४७ करोड ९७ लाख पाँच हजार गरी लक्ष्यको १०४.८८ प्रतिशत राजस्व सङ्कलन गरेको थियो ।

गत आव २०७९–८० मा अन्तःशुल्क शीर्षकमा तीन अर्व ३० करोड र मुल्य अभिकृद्वि कर (भ्याट) बाट एक अर्व तीन करोड ९९ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । करदाता लक्षित गरी बजार अनूमनसँगै छुटेकालाई करको दायरामा ल्याउने, बिल काट्न लगाउने, करदाता शिक्षा, करको दायरा विस्तार, कर परीक्षणलगायतका कार्यक्रम गरिँदै आएको कार्यालयले जनाएको छ ।

यसैगरी अनुगमन तथा अनुसन्धान, बक्यौता नतिर्नेलाई कानूनी कारवाही पनि गरिदैं आइएको छ । आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज अन्तर्गत करिब सात हजार भ्याटमा दर्ता भएकासहित ७० हजार करदाता रहेका छन् । सीमित जनशक्ति र स्रोत र साधनबीच बढीभन्दा बढीलाई करको दायरामा ल्याउन अभियान पनि चलाइएको कार्यालय प्रमुख अर्यालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छोरी जन्मने बित्तिकै पाँच हजार रुपैयाँ खातामा

४ श्रावण २०८०, बिहीबार १३:२५
रोल्पा : रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ । यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिए […]