राष्ट्रिय क्रिकेट टोलीका ६ जनालाई लुम्बिनीले जनही १ लाख पुरस्कार दिने

सदरलाइन संवाददाता ७ चैत्र २०७९, मंगलवार १३:१६
 

नेपालगञ्ज : नेपाली राष्ट्रिय क्रिकेट टोलीका ६ जना खेलाडीहरुलाई लुम्बिनी प्रदेश सरकारले पुरस्कार दिने भएको छ ।

प्रदेश सरकारले आगामी वर्ष जिम्बाबेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको ‘क्वालिफायर’ मा नेपाललाई पु¥याउन सफल भएको जनाउँदै प्रदेशबाट प्रतिनिधित्व गर्ने ६ खेलाडीलाई जनही रु. एक लाखसहित पुरस्कृत गर्ने निर्णय छ ।

प्रदेश सरकारका प्रवक्ता तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले आइसिसी लिग–२ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी गौरव बढाएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान सहित खेलाडीलाई सम्मान गरिने बताए ।


नवलपरासीका रोहित पौडेल, रुपन्देहीका कुशल भुर्तेल, कुशल मल्ल, मौसम ढकाल, गुल्मीका सोमपाल कामी र प्यूठानका प्रतिश जिसीलाई सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यले जानकारी दिए ।

त्यस्तै यु–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पु¥याउन सफल भएका लुम्बिनी प्रदेशका पाँच खेलाडीलाई पनि जनही ५० हजारसहित सम्मान गर्ने निर्णय भएको उनले बताए ।

हालै युएईमा सम्पन्न यु–१९ एसिया छनोट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई विजयी बनाएका यु–१९ का कप्तान रुपन्देहीका देव खनाल, दुर्गेश गुप्ता, कपिलवस्तुका आकाश त्रिपाठी, बर्दियाका विशालविक्रम केसी र अर्घाखाँचीका उत्तम थापामगरलाई नगदसहित सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्तर्राष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवसका अबसरमा प्रभात फेरी

७ चैत्र २०७९, मंगलवार १३:१६
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाको आयोजना एबं दलित सेवा संघ लगायत २१ संघ संस्थाको आयोजनामा मंगलबार कोहलपुरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । ५८ औं अन्तर्राष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवसका अबसरमा कोहलपुरमा रहेका दलित सेवा संघ, युवा दृष्टि नेपाल, समाज सुभार कार्यक्रम नेपाल, महिला उपकार मञ्च, दलित महिला संघ फेडो, […]

सम्बन्धित