सोमबार बिहान ७ बजेदेखि बुधबार साँझसम्मका लागि नेपाल–भारत सीमा शिल अवागमन ठप्प

१२ असार २०७४, सोमबार ११:०९
 

सदरलाइनडटकम
१२ असार, नेपालगन्ज : नेपालमा आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनको सुरक्षाको लागि सोमबार बिहान ७ बजेदेखि नेपाल–भारत सीमा क्षेत्रबाट आवतजावत पूर्ण रुपले बन्द भएको छ ।
जिल्ला निर्वाचन व्यवस्थापन समितिका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले १२ गते सोमबार बिहान ७ बजेदेखि १४ गते बुधबार मतदान नसकिदासम्मका लागि नेपाल–भारत सीमा क्षेत्रमा आवत जावतको लागि पूर्ण बन्धेज हुने गरी सीमा क्षेत्र ‘शील’ हुने जानकारी दिए ।
उनले भने–‘अत्यन्तै ईमरजेन्सी तथा मानविय सम्बेदनशिलता जस्तै औषधी उपचार आदीको लागि अवस्था हेरेर मात्र आवत जावत गर्न सकिन्छ  तर, त्यो कुरा अत्यन्तै न्यून मात्रामा मात्र हुने हुँदा बोर्डर पूर्णतया शिल हुने छ । भारतीय पक्षले पनि नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनको सुरक्षाको लागि आफ्नो सीमा क्षेत्रबाट सहयोग गर्ने छ ।’
निर्वाचनको सुरक्षाको दृष्टिले अत्यन्तै संवेदनशील रहेको खुला सिमानामा निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि अबान्छनिय गतिविधि हुन नदिनको लागि सीमा क्षेत्रमा संयुक्त गस्तीको समेत बन्दोबस्त गरिएको बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए । उनले भने–‘ निर्वाचनको लागि सुरक्षाको कारणले पूर्णरुपले बाँके प्रहरीले आवश्यक मात्रामा प्रहरी तथा सुरक्षाकर्मीको व्यवस्था गरेको छ ।’ उनले आवश्यकता हेरी जिल्लामा सुरक्षा सर्तकता बढाईएको बताए ।
उनले बाँकेको झण्डै ७० किलो मिटर भु–भाग भारतसंग खुला सीमाना जोडिएको बताउदै सुरक्षाको दृष्टिकोणले खुला सीमा अत्यन्तै जोखिम र संवेदनशिल हुने भएकोले भारतीय काउन्टर पार्टसंगको समन्वयमा सीमा क्षेत्रमा संयुक्त गस्ती, नियमित गस्ती, डग स्क्वडको प्रयोग गरी चेकजाँच गर्न सुरु गरिएको बताए ।
उनले भने–‘अहिलेसम्म बाँकेको सुरक्षा अवस्था प्रहरीको अण्डर कन्ट्रोल मै रहेको छ, आवश्यक परेको १० मिनेट भित्रै प्रहरी घटनास्थल पुगेर समस्याको सम्बोधन गरि सक्ने गरी व्यवस्था मिलाएको छ ।’ उनले धर्म, सम्प्रदाय र जातिय संवेदना प्रति समेत प्रहरी अत्यन्त चनाखो भएर काम गरि रहेको बताए ।
जिल्ला निर्वातन अधिकृत तथा जिल्ला  अदालत बाँकेका न्यायाधिश तेजनारायण पौडेलले बाँकेमा १ सय ३६ मतदान स्थलमा २ सय ९५ मतदान केन्द्र तोकिएको छ । प्रत्यक मतदान केन्द्रको लागि आवश्यक पर्ने मतदान अधिकृत १, सहायक मतदान अधिकृत १, सहायक कर्मचारी २, कार्यालय सहयोगी २ गरी छ जना कर्मचारी खटाई सकिएको जानकारी दिए । १ हजार ७ सय ७० कर्मचारी, ८ सय ८५ सहयोगी र प्रति केन्द्रमा बढीमा २१ जनासम्मको प्रहरी र त्यसै अनुपातमा सशस्त्र प्रहरी र सेना परिचालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जमा ईदको रौनक सुरु, सामुहिक नमाज पढेर ईद मनाईदै

१२ असार २०७४, सोमबार ११:०९
सदरलाइनडटकम १२ असार, नेपालगन्ज : नेपाली ईस्लाम धर्मावलम्बीहरुको सबैभन्दा ठूलो पर्व ‘ईद–उल–फित्र’ ईद नेपालगन्जको ईदगाहस्थित मस्जिदमा सामुहिक नमाज पढेर ईद मनाउन सुरु गरेका छन् । पवित्र महिना रमदानको एक महिनाको लामो कठोर ब्रत (रोजा) पछि नेपालगन्जको ईदगाह मस्जिदमा विहान साढे ८ बजे ‘ईद–उल–फित्र’ ईदको सामुहिक नमाज सुरु भएको थियो । […]

सम्बन्धित