छुट्टाछुट्टै घटनामा परेर बाँकेमा दुईजनाको मृत्यु

सदरलाइन संवाददाता ३१ असार २०८०, आईतवार १६:००
 

कोहलपुर (बाँके) : छुट्टाछुट्टै घटनामा परेर बाँकेमा २ जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिकाको बिभिन्न स्थानमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको हो ।

कोहलपुर–११ मा भएको बाईक दुर्घटनाबाट नेपालगञ्ज १८ का सुभास राई र कोहलपुर ४ बेलनपुरमा सिक्टा सिँचाई आयोजनाको नहरमा डुबेर २३ वर्षीया तारा बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिवार साँझ कोहलपुर–११ पिपलचौतरामा बाईक दुर्घटनामा परेका अन्दाजी ३० वर्षीय राईको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । रत्न राजमार्गमा भे७प ७११६ नम्बरको बाईक चलाई रहेका राई अनियन्त्रित भएपछि बाईक दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।


यसैगरि कोहलपुर–४ बेडनपुरमा रोपाई सकेर नुहाउने क्रममा शनिबार बैजनाथ–३ की बस्नेतको मृत्यु भएको छ ।

उनीसहित तीन जना सिक्टाको नहरमा नुहाउन गएका थिए । अन्य दुई जना भने सकुशल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टम प्रणाली लागु हुँदै

३१ असार २०८०, आईतवार १६:००
नेपालगञ्ज : बाँकेमा बढ्दै गएको सवारी दुर्घटना र मापसे बापत संकलन हुने राजस्व अब सिधै बैंकमा जम्मा गर्न सकिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक बर्षको शुरुवातसंगै लागु गर्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए । ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमबाट राजश्व […]