मध्य र सुदूरपश्चिमका कारागार व्यवस्थापन सुधारको लागि दुईदिने गोष्ठी नेपालगन्जमा

१३ माघ २०७३, बिहीबार १३:२०
 

सदरलाइनडटकम    
१३ माघ, नेपालगन्ज : मध्यपश्चिम क्षेत्रीय प्रसाशक वेगेन्द्रराज शर्माले कारागारको भौतिक पूर्वाधारमा व्यापक सुधार गर्दै खटिने कर्मचारीको मनोवल बढ्ने रणनीति अनुसार कार्य गर्नु पर्ने बताएका छन् ।
नेपालगन्जमा मध्य तथा सुदूरपश्चिमका कारागार प्रमुखहरुको लागि दुई दिने कारगार व्यावस्थापन तथा सूचना प्रणाली र बेरुजु संपरिक्षण कार्यक्रमको उद्दघाटन गर्दै उनले सो कुरा बताएका हुन । उनले देशभरका कारागारहरुको भौतिक पूर्वाधार अत्यन्तै जिर्ण भएको अवस्थामा क्षमता भन्दा बढी कैदी,बन्दी र थुनुवाहरुको सिमित कर्मचारीबाट व्यवस्थापन हुँदै आएको जानकारी भए पनि राज्यको तर्फबाट चल्दै जान्छ भनेर बस्ने अवस्था नभएको बताए ।
उनले भने–‘कारागारको भौतिक पूर्वाधार र सिमित कर्मचारीले काम चलाउदै आएकोमा अव भने आउने दिनलाई मनन गरेर ठोस योजनाका साथ उच्च मनोबल राखेर काम गर्ने बाताबरण तयार गर्ने गरी यो गोष्ठीले निष्कर्ष निकाल्न आवश्यक छ ।’ उनले कारागारको सुधारको योजना, संस्थागत नीति र कानूनको पालना, व्यावस्थापन, कर्मचारीको मनोवल बढाउने स्रोतसाधन, राजनीतिक तहसंगको समन्वय र सुधारको लागि गर्न सकिने पहलका कुराहरु बुँदाअनुसार तय गर्न आवश्यक रहेको बताए ।



केन्द्रीय कारागार व्यवस्थापन कार्यालयका महानिर्देशक कृष्णचन्द्र घिमिरेले राज्यले कारागारमा खटाउने कर्मचारीको संख्या अत्यन्तै न्यून भएको उल्लेख गर्दै देशभरीकै कारागारको अवस्था अत्यन्तै जिर्ण र क्षमता भन्दा बढी कैदी, बन्दी र थुनुवा राखेर व्यवस्थापन गर्नुपर्दा असहजता भए पनि असहजतामा सहजता खोज्नको लागि गोष्ठिको आयोजना गरिएको बताए ।
उनले गोष्ठिको मुख्य उदेश्य कैदी बन्दी र थुनुवाको अभिलेख चुस्तदुरुस्त राख्नको लागि तयार पारिएको सफ्टवेयरको कार्यान्वयन, कारागारको व्यवस्थापन, भौतिक पूर्वाधारमा सुधार बजेट र खर्च रहेको बेरुजुको फच्र्यौट, कारागार व्यवस्थापन सम्बन्धी बनेका नयाँ ऐनमाथि छलफल आदि कुरामा गहन छलफल हुने जानकारी दिए ।
उनले गत वर्षको बजेट भाषणमा समेत नुवाकोट र बाँकेको नौबस्तामा केन्द्रीय र क्षेत्रीय कारागार निर्माण गर्ने भनिए पनि बजेट नपर्दा कागजमा मात्रै योजना भएको तर, कार्यान्वयनमा बजेटको अभावको कारण आउन नसकेकोले असहजता भएको बताए ।
उनले भने–‘देशभरका कारागारको भौतिक पूर्वाधार सुधारको लागि केन्दीय विभागमा ५० लाख मात्र आएको छ त्यो रकमले कहा र कुन कारागारको भौतिक संरचनामा सुधार ल्याउन सकिन्छ ।’ उनले कारागारमा खटिने कर्मचारी तथा जेलरको मनोवल बढाउनको लागि नयाँ ऐन बनाउदा रासनको व्यवस्था गर्ने गरी प्रस्ताव गरिएको जानकारी दिए ।
उनले कारागार व्यवस्थापनको पाटोमा सबै क्षेत्रलाई एकै अनुसार बनाउदै कैदी, बन्दी र थुनुवालाई दिदै आएको रासन सिदा बापतको ४५ रुपैया नगद र ७ सय ग्राम चामल अत्यन्तै न्यून भएको व्यापक गुनासो आएकोले त्यसको समाधानको लागि पनि गोष्ठीले निकास निकाल्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थ, बर्दियाका विष्णुबहादुर थापा, सुर्खेतका महादेव पन्थलगायतले गोष्ठीको सफलताको बारेमा बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरामा “झुम्कावाली” संगै नचाए प्रमोदले

१३ माघ २०७३, बिहीबार १३:२०
सदरलाइनडटकम     खजुरा बाँके : बाँकेको खजुरामा सञ्चालनमा रहेको महोत्सवमा लोकप्रिय गायक प्रमोद खरेलले दर्शकलाई झुमाएका छन । ‘औइ झुमा झुमा झुम्कावाली’ बोलको गीतबाट महोत्सवको स्टेजमा उत्रिएका खरेलले आधा दर्जन गीत गाउदै मेला परिसर तताए । साँझ चार बजे स्टेज चढेका खरेलले ४५ मिनेटसम्म हंगामा मच्चाएका थिए । रात परिसक्दासमेत […]