एमालेको प्राथमिकता सरकार होइन : गौतम

सदरलाइन संवाददाता २९ असार २०८०, शुक्रबार १६:२१
 

नेपालगञ्ज : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रचार विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले एमालेको पहिलो प्राथमिकता सरकार नभई पार्टी संगठन निर्माण भएको बताएका छन् ।

प्रेस चौतारी बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले अहिले एमालेको एकमात्र मिसन २०८४ मा हुने तिनै तहका निर्वाचनमा वहुमतको सरकार बनाउने रहेको भन्दै त्यसका लागि गतबर्ष सञ्चालित मिसन ग्रासरुटको आधारमा नयाँ कार्य विभाजनसहित पार्टी स्कुल, प्रचार र जनसङ्गठनलाई प्राथमिकता दिइएको जानकारी दिए । भ्रष्टाचारको आरोपसहित सार्वजनिक भएका सबै विषयमा विना पूर्वाग्रह छानविन गर्न नेता गौतमले माग गरे ।


एमालेले लिएको राष्ट्र र राष्ट्रियताको दृढ अडानका कारण पार्टीको मुल नेतृत्वमाथि चौतर्फी प्रहार गरिएको उनले बताए । उनले काँग्रस बर्तमान गठबन्धन तोडेर नयाँ सरकार बनाउन तयार रहने हो भने एमाले छलफलका लागि तयार रहेको बताए ।

प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेकपा एमाले प्रचार विभागका सचिव गगन विष्ट, एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपति, उपाध्यक्ष डिल्ली बिसी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदीलाई पितृ शोक

२९ असार २०८०, शुक्रबार १६:२१
नेपालगञ्ज : नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष एवं सदरलाइन पब्लिकेशन अन्तर्गत सदरलाइन डटकमका चियरमैन रुद्र सुवेदीलाई पितृ शोक परेको छ । उनका बुवा डम्बर राज सुवेदीको शुक्रवार दिउँसो सवा १२ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । शिक्षक सेवाबाट सेवा […]