हिंसा भड्किनसक्ने भन्दै नेपालगञ्ज नाका बन्द

२३ कार्तिक २०७६, शनिबार १४:१२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : भारतको सर्वोच्च अदालतले विचाराधीन विवादास्पद राम जन्मभूमिसम्बन्धी मुद्दाको अन्तिम फैसला गर्ने भएपछि नेपाल–भारत सीमा नाका जमुनहा बन्द गरिएको छ । मुद्दा फैसलापछि दुई पक्षबीच हुनसक्ने विवादलाई दृष्टिगत गर्दै भारत सरकारले नेपाल–भारत सीमा नाका जमुनहा अकस्मात बन्द गर्नु परेको भारतीय सशस्त्र सीमा बल (एसएसवी)ले जनाएको छ ।
४० दिन लामो बहस सकिएपछि शनिवार भारतको सर्वोच्च अदालतले उक्त मुद्दामाथि अन्तिम फैसला सुनाएको छ । अन्तिम फैसलाका कारण सुरक्षा सतर्कता अपनाउँदै भारतको उत्तर प्रदेशसँग जोडिएको नेपाली सीमा पूर्णरुपमा बन्द गरिएको हो । अयोध्यास्थित राम जन्मभूमिलाई लिएर लामो समयदेखि विवाद चल्दै आएको थियो ।
अन्तिम फैसलापछि उत्तर प्रदेशमा हिन्दु र मुस्लिमबीच साम्प्रदायिक हिंसा भड्किनसक्ने आशंकामा भारत सरकारले उत्तर प्रदेशको सुरक्षा व्यवस्था कडा बनाएको छ । सुरक्षाका लागि नेपाल–भारत सीमा नाका जुमनहा शुक्रवार राती १ बजेदेखि पूर्णरुपमा बन्द गरिएको इलाका प्रहरी कार्यालय जमुनहाका इञ्चार्ज प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजालले बताए ।
भारतमा हुनसक्ने हिंसालाई दृष्टिगत गर्दै बाँके प्रहरीले पनि सावधानी अपनाएको जनाएको छ । एक्कासी नाका बन्द भएपछि भारतबाट आउने र भारततर्फ जाने सबै सवारीसाधन तथा सर्वसाधरण सीमामै रोकिएका छन् । तर, भारतबाट नेपाल आउने पैदल यात्रुलाई नेपाल प्रवेश गर्न दिइएको रिजालले बताए ।

Next Post

अयोध्याको विवादित जमिनमा राम मन्दिर बन्ने

२३ कार्तिक २०७६, शनिबार १४:१२
सदरलाइनडटकम, काठमाण्डौ : ऐतिहासिक अयोध्या विवादमा शनिवार भारतीय सर्वोच्च अदालतले आफ्नो फैसला सुनाएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईको अध्यक्षतामा पाँच जना न्यायाधीशको संवैधानिक पीठले सर्वसहमतिबाट फैसला सुनाएको हो । पीठमा प्रधानन्यायाधीश रञ्जन गोगोईसँगै न्यायाधीशहरु धनञ्जय यशवंत चन्द्रचूड, शरद अरविंद बोबडे, अशोक भूषणसँगै अब्दुल नजीर थिए । सर्वोच्च अदालतले […]