बाँकेको खजुरामा धार्मिक महोत्सव हुने

सदरलाइन संवाददाता २१ श्रावण २०८०, आईतवार १७:२२
 

नेपालगञ्ज : बाँकेको खजुरा ४ एफगाउँमा रहेको किरण भवानी मन्दिरमा धार्मिक महोत्सव आयोजना गरिने भएको छ । सदिऔं पुरानो मन्दिरको ब्यवस्थापनका लागि बाँके, खजुरा धार्मिक महा महोत्सवको आयोजना गर्न लागिएको हो ।

भदौं ३० गतेदेखि शुरु हुने महोत्सव असोज ६ गतेसम्म सञ्चालन हुने छ । महोत्सवका लागि आईतबार भएको स्थानीयको भेलाले मुल समितिलाई पूर्णता दिएको छ । स्थानीयबासिको वृहद् भेलाले खड्क वलीको संयोजकत्वमा मुल समिति गठन गरेको छ ।


समितिमा खजुरा गाउँपालिका वडा नम्बर ४ का सबै टोल, जानकी, कोहलपुर र बैजनाथ गाउँपालिकाबाट समेत प्रतिनिधित्व रहेको छ । अध्यक्ष वलीका अनुसार सोमबारदेखि महोत्सवको सदस्यताका लागि प्रचारात्मक अभियान चलाइने भएको छ । करिब एक विघा क्षेत्रफलमा रहेको मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने समितिको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जानकीमा पनि लम्पी स्कीन देखियो, किसान चिन्तित्

२१ श्रावण २०८०, आईतवार १७:२२
जानकी (बाँके) : देशका विभिन्न जिल्लामा फैलिएको लम्पी स्कीनको संक्रमण बाँकेको जानकीमा देखिएपछि किसान चिन्तित् बनेका छन् । जसका कारण किसानहरुले लाखौँ क्षति व्यहोर्नुपरेको छ । लम्पी स्कीन रोगका कारण किसानहरुका वस्तुभाउ मरेका छन् भने दुध उत्पादनमा समेत कमी हुदाँ किसानहरु मारमा परेका छन् । विभिन्न बैँक तथा सहकारीबाट सबैभन्दा […]